CMAT

त्रिविका पदाधिकारीको सुरक्षा गर्न मन्त्री भट्टराईको गृह मन्त्रालयसंग अनुरोध

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न गृहमन्त्रीसँग आग्रह गरेकी छन् । 

सामाजिक सञ्जालमार्फत मन्त्री भट्टराइले विश्वविद्यालयका पदाधिकारीहरू माथि हमला गर्न खोजिएको र फोन मार्फत धम्की दिने गरेको बताउँदै सुरक्षाका लागि आग्रह गरेकी हुन् ।

विश्वविद्यालयमा गुन्डागर्दी गर्ने छुट कसैलाई नभएको र यस्तो क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कार्बाही गर्न समेत गृह मन्त्रालयलाई अनुरोध गरेकी छन् । ‘त्रिभुवन विश्वविद्यालयमा केही दिन देखि पदाधिकारीहरू माथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्कि दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्री सङ्ग जोडदार माग गर्दछु ।

‘गुन्डागर्दी गर्ने छुट कसैलाई छैन यस्तो क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइ कार्बाही गर्न समेत म गृह मन्त्रालयलाई गम्भीरताका साथ अनुरोध गर्दछु’ उनले भनेकी छन् ।

उनले पदाधिकारीहरू माथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्कि दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको बताएकी छन् । उनले सामाजिक सञ्जालमा नै अर्को अभिव्यक्ति दिँदै आफूले आवेगमा आएर नभइ विगत पाँच दिनको गतिविधिलाई नजिकबाट हेरे गृहमन्त्रालयलाई आग्रक गरेको बताएकी छिन् ।

Thuprai - Books and E-books