त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधी अध्ययन संस्थान केन्द्रिय माईक्रोवायोलोजी विभाग अन्तर्गत अध्ययन गरेका दुइ हजार बेरोजगार बस्नुपरेको छ । सरकारले मान्यता नदिदाँ र लोकसेवामा दरबन्दी सृजना नगर्दा सो जनशक्ती बेरोजगार वस्नु परेको पिडीतहरुले गुनासो गरेका छन् ।
३० वर्षको अवधिमा केन्द्रिय माईक्रोवायोलोजी विभागवाट पाँच सय ८६ जना र अन्य १० वटा कलेजबाट एक हजार पाँच सय जना स्नातकोत्तर तह उत्तिर्ण गरेको केन्द्रिय माईक्रोवायोलोजी विभागले जनाएको छ । उत्पादित जनशक्ति मध्ये ८० प्रतिशत विदेश पलायन हुने गरेका छन् ।
स्वास्थ्य व्यावसायी परिषद्ले दर्ता गर्न नमान्दा अध्ययन पुरा गरेका विद्यार्थिहरुको भविष्य अन्योलमा परेको छ ।
त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातकोत्तर तहका मेडिकल माइक्रोवायोलोजी(सुक्ष्म जिवविज्ञान) र पव्लीक हेल्थ माइक्रोवायोलोजि अध्ययन पुरा गरेकाहरुलाई दर्ता दिन परिषद्ले आनाकानी गरीरहेको संघर्ष समितीका उपाध्यक्ष अजितकुमार राय यादवले बताए ।
जनस्वास्थ्यसंग सम्वन्धित संघ संस्था तथा अस्पतालहरुमा माइक्रोवायोलोजिको छुट्टै दरबन्दी सृजना गरी लोकसेवा आयोग मार्फत् विज्ञापन खुलाउन पहल गर्नुपर्ने संघर्ष समितीका सचिब अनिल शाहले बताए ।
परिषद्ले एक सय १६ जना माइक्रोवायोलोजीष्टलाई अस्थाई दर्ता दिएको थियो ।
परिषद्का अध्यक्ष रामप्रसाद भण्डारीले त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधी अध्ययन संस्थान गम्भीर हुनुपर्ने बताए । उनले भने,‘माइक्रोवायोलोजि पढाउनका लागि परिषद्बबाट दर्ता लिएको छैन । त्यसैले पनि विद्यार्थीहरुलाई दर्ता नगरिएको हो ।’