A Levels MA

समायोजनमा पीडित बनाइएको भन्दै प्रमसमक्ष ज्ञापनपत्र

शिक्षा सेवाका कर्मचारीहरुले समायोजनका कारण आफूहरु पीडित भएको भनी प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएका छन् । 

गण्डकी प्रदेशका शिक्षा विकास निर्देशक अम्बिका आचार्य, नीति योजना आयोगका निमित्त सचिव रामप्रसाद आचार्य र कुस्मा नगरपालिकाका शिक्षा प्रमुख विष्णु तिवारीले ज्ञापनपत्र हस्तान्तरण गरे । प्रधानमन्त्री देउवा आज साक्षर गण्डकी प्रदेश घोषणा गर्न आयोजित कार्यक्रममा सहभागी हुन पोखरा पुगेका थिए । त्यही ज्ञापनपत्र बुझाइएको थियो ।

शिक्षा विकास निर्देशक आचार्यले आफूहरुले प्रधानमन्त्रीलाई उपसचिवभन्दा माथि शिक्षा सेवा खारेज गर्नुपर्ने माग राखेको र सो सम्भव नभए आफूहरुको वृत्ति विकास रोकिएकोले बाटो खुला गरिदिनुपर्ने माग प्रस्तुत गरेको बताए ।

माग प्रस्तुत गरेपछि प्रधानमन्त्री देउवाले ठिक छ म हेरौँला भनेर ज्ञापनपत्र बुझाएका कर्मचारीहरुलाई आश्वासन दिएका थिए ।

शिक्षा सेवाका कर्मचारीहरुले यसअघि राज्य व्यवस्था समितिका सभापति, समितिका सदस्यहरु, नेपाल सरकारका मुख्य सचिव, सामान्य प्रशासन मन्त्रीलाई पनि ज्ञापनपत्र बुझाएका थिए ।

Thuprai - Books and E-books