After SEE Portal

चिकित्सा शिक्षाका विद्यार्थीले २२ गते भित्र आवेदन दिए प्रयोगात्मक अभ्यास गर्न पाउने

Bridge Course

विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले प्रक्रिया पुयाई आवेदन दिएमा नेपालमा नै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप)  गर्न पाउने भएका छन् । विदेशमा अध्ययन गरी कोभिड १९ का कारण प्रयोगात्मक अभ्यास पूरा नगरेका विद्यार्थीहरुले नेपालमा नै प्रयोगात्मक अभ्यास पूरा गर्न पाउने भएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक सूचना गरी यस्तो जानकारी दिएको हो । सूचना अनुसार स्नातक तहको पढाई पुरा गरेको पत्र वा शैद्धान्तिक परीक्षा उर्तीण भएको प्रमाणपत्र र आफू अध्ययनरत कलेज विश्वविद्यालयमा गरेको प्रयोगात्मक अभ्यासको अवधि खुल्ने विवरण सहित इच्छुक विद्यार्थीले आजदेखि २२ गते बेलुकी ५ वजेसम्म आवेदन दिनु पर्ने छ ।

विदेशमा चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको कोभिड १९ को जटिल परिस्थितिका कारण सम्बन्धित विश्वविद्यालयमा नै प्रयोगात्मक अभ्यासको अवधि पूरा गर्ने अवस्था नभएको विद्यार्थीले नेपालमा प्रयोगात्मक अभ्यास गर्न पाउने भएका हुन् ।

स्वदेशमा प्रयोगात्मक अभ्यास अगाडि बढाउन आवश्यक पर्ने कायविधि तयार गर्ने लगायतका प्राविधिक व्यवस्थापन गर्नुपर्ने विषयहरुमा सुझाव पेश गर्न गठित कार्यदलको निर्णयअनुसार सन् २०१५ व्याचमा भर्ना भई हालसम्म सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई नेपालमा नै बाँकी अवधि प्रयोगात्मक अभ्यास पूरा गर्ने व्यवस्था गरिएको हो ।

चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित निकायहरुबाट विश्लेषणका लागि मन्त्रालय मार्फत आवश्यक विवरण संकलन गर्ने भनी सिफारिस भएको हुँदा विदेशमा चिकित्सा शिक्षा अध्ययनरत कोभिड १९ का कारण प्रयोगात्मक अभ्यास पूरा नभएका तर उक्त अभ्यास पूरा गर्न इच्छुक विद्यार्थीका लागि यो अवसर दिइएके सूचनामा उल्लेख गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books