A Levels MA

चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत

काठमाडौँ, ११ साउन (रासस) ः प्रतिनिधिसभाको बैठकमा “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” प्रस्तुत भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले उक्त विधेयक सदनमा प्रस्तुत गर्नुभएको हो । 

विधेयक सदनमा प्रस्तुत गर्दै मन्त्री पोखरेलले मौलिक हकको रुपमा रहेका शिक्षा र स्वस्थ्यलाई ऐन बनाएर कार्यान्वयन गर्नेतर्फ सरकार अग्रसर रहेको बताउनुभयो । उहाँले विधेयकमा आयोगलाई विश्वास गरिएको र स्वास्थ्य क्षेत्रका समाधान त्यसै आयोगका माध्यमबाट समाधान हुने धारणा व्यक्त गर्नुभयो । 

मन्त्री पोखरेलले विधेयक मुलुकका लागि आवश्यक भएर नै ल्याइएको बताउँदै सहमतिमा छलफल गरी शिघ्ररुपमा अघि बढाउनका लागि सहयोग गर्न सांसदलाई आग्रह गर्नभयो । उक्त विधेयकमाथि विरोधको सूचना हाल्नुभएका सांसदद्वय काँग्रेसका गगन थापा र संघीय समाजवादीका फोरम नेपालकी सरिता गिरीले आ–आफ्नो विरोधको सूचना फिर्ता लिनुभएको थियो । 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचना भने बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

Thuprai - Books and E-books