After SEE Portal

माविका ६८६ दरबन्दी पदपूर्तिका लागि भोलि  विज्ञापन हुँदै

Bridge Course

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका लागि भोलि विज्ञापन गर्ने अन्तिम तयारीमा पुगेको जनाएको छ । आयोगले भोलि विज्ञापन गरेर आगामी चैत १८ गते सामान्य परीक्षा सञ्चालन गर्ने गरी विज्ञापन गर्न लागेको हो ।

आयोगले गत वर्षको रिक्त ३७० दरबन्दी र चैत्र मसान्त सम्मको अन्तिम  रिक्त हुने ३१६ दरबन्दी गरी   ६८६ दरबन्दी पदपूर्तिका लागि विज्ञापन गर्न लागेको जानकारी दियो । आयोगका अनुसार विज्ञापनका लागि सम्पूर्ण काम सकिएर प्राविधिक विषयमा काम भइरहेको छ । प्राविधक पक्षले काम आज साझ सम्म सक्ने गरी काम  भइरहेको आयोगले जानकारी दियो ।

आयोगले यो वर्ष पनि परीक्षा आवेदन अनलाइन बाटै लिने भएको छ ।

A Levels MA
Thuprai - Books and E-books