After SEE Portal

गणित र विज्ञानको सिकाइ उपलब्धि २०१७ भन्दा पनि धेरै घट्यो–नासा प्रतिवेदेन २०२० (प्रतिवेदन सहित)

Bridge Course

विद्यालय शिक्षाको उपलब्धीको फड्को  निराशाजनक अवस्थातिर गएको  पाइएको छ ।  शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले सार्वजनिक गरेको कक्षा ८ का विद्यार्थीको  राष्ट्रिय उपलब्धि परीक्षण प्रतिवेदन  (नाशा)  २०२०  मा अघिल्लो अध्ययन भन्दा २०२० को अध्ययनमा उपलब्धी निराशाजनक भएको पाइएको हो ।

सो प्रतिवेदनमा विद्यार्थीको गणित विषयमा न्यूनतम् उपलब्धी  राष्ट्रिय औसत भन्दा धेरै कम भएको उल्लेख गरेको छ ।

इआरओले गणित विज्ञान, अङ्ग्रेजी र नेपाली विषयको २०२०मा अध्ययन गरेको थियो । उक्त अध्ययनमा सातै प्रदेशबाट  १८ सय विद्यालय, १८ सय  विषय शिक्षक, १८ सय प्रधानाध्यापक  र ४३ हजार ८८६ जना  विद्यार्थीलाई सहभागी गराइ गरेको  अध्ययन प्रतिवेदनमा  राष्ट्रिय आसैत ५०० निर्धारण गरिएकोमा गणितमा  ४८३ र विज्ञानमा ४७० मात्र प्राप्त गरेको पाइएको छ ।  २०१७ कै मानक तथा ग्रिडका  आधारमा मूल्याङ्कन गर्दा गणितमा ३२ प्रतिशत विद्यार्थीले मात्र न्यूनतम सक्षमता हासिल गरेको पाइएको उल्लेख गरिएको छ ।  भने बाँकी ६८ प्रतिशत बालबालिकाले गणित विषयको पठन सिप तथा गणितीय सिप हासिल गर्न सकेका छैनन् ।

त्यसैगरी विज्ञान विषयमा ३८ प्रतिशत बालबालिकाले मात्र न्यूनतम् सक्षमता हासिल गरेका छन् भने बाँकीको अवस्था कमजोर देखिएको छ । त्यसैगरी नेपालीमा ५९ प्रतिशत र अङ्ग्रेजीमा ५२ प्रतिशतले मात्र न्यूनतम सक्षमता हासिल गरेको तथ्य उल्लेख गरेको छ । 

एउटै मापक र सूचकका आधारमा  अध्ययन गर्दा  २०१७  मा गणितमा ४६  पतिशत बालबालिकाले न्यूनतम सक्षमता हासिल गरेका थिए । यो विषयमा तीन वर्षको अवधिमा १४ प्रतिशत बालबालिकाको सक्षमता कमजोर भएको पाइएको छ । त्यसैगरी विज्ञानमा २०१७ मा विज्ञान विषयमा ४० प्रतिशत बालबालिकाले  न्यूनतम सक्षमता हासिल गरेका थिए । यो विषयमा कम दुई प्रतिशत बालबालिकाको सक्षमता खस्केको पाइएको छ ।

प्रदेशग रुपमा

गणित विषयको विद्यार्थीको सिकाइ उपलब्धी कर्णाली प्रदेशको चिन्ताजनक भएको तथ्य  बाहिरिएको छ । सो प्रदेशका  १३ प्रतिशत बालबालिकाले मात्र न्यून्तम सिकाइ उपलब्धि हासिल गरेको पाइएको छ भने बाँकी रहेका  ८७ प्रतिशत बालबालिकाले गणितका आधारभूत ज्ञान समेत हासिल गर्न सकेका छैनन् । त्यसैगरी सुदुपश्चिमका  १५ प्रतिशत बालबालिकाले मात्र न्यूनतम सिकाइ उपलब्धि हासिल गरेका छन् । त्यसैगरी लुम्बिनी प्रदेशका  ३१, मधेश प्रदेशका  ३५ गण्डकीका ४२ र बागमती प्रदेशका ५३ प्रतिशत बालबालिकाले मात्र न्यून्तम् सिकाइ उपलब्धि हासिल गरेका छन् ।

नाशा प्रतिवेदनका अनुसार, विद्यार्थीलाई गृहकार्य दिने, गृहकार्यमा पृष्टपोषण दिने, शिक्षक नियमित हुने र शिक्षक विद्यार्थीको सम्बन्ध राम्रो भएका विद्यालयका उपलब्धी राम्रो देखिएको  तथ्य उल्लेख गरेको छ ।

प्रतिवेदनले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न स्कल गर्भनेन्स सुधार गर्नुपर्ने सुझाव दिएको छ ।  इआरओले कक्षा ८ को सन् २०११, २०१३, २०१७ र २०२० मा उपलब्धी परीक्षण गरेको छ ।

आफ्नो स्थापनाको १२ वर्षको अवधिमा राष्ट्रिय स्तरमा ११ ओटा विद्यार्थी उपलब्धी परीक्षण अध्ययन सम्पन्न गरेको छ । परीक्षणमा कक्षा तीन, पाँच, आठ र दस गरी विद्यालय शिक्षाका चार बिन्दुमा  विद्यार्थी उपलब्धिको अवस्थाको बारेमा अध्ययन गरेको छ ।

प्रतिवेदन हेनुहोस्ः

A Levels MA
Thuprai - Books and E-books