After SEE Portal

विद्यालय स्तरको पाठ्यपुस्तकमा नक्सा पुरानै, ढर्रा नयाँ

Bridge Course

पाठ्यक्रम विकास केन्द्रले स्वीकृत पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यसामग्री मात्र प्रयोग गर्ने सरोकारबालालाई बारम्बार निर्देशन दिँदै आएको छ । अहिले राजधानी आसपास र बाहिरका केही जिल्लामा राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले निर्दिष्ट गरेका र पछिल्लो समय नेपाल सरकारले निर्दिष्ट गरेका पाठ्यपुस्तक पुगिसकेका छन् । कक्षा पाँचको मेरो सामाजिक अध्ययन तथा सिर्जनात्मक कला पेज नंं ५८ मा समावेश गरिएको ‘नक्सामा सङ्केतहरु भरौं’ श्रीर्षकको पाठमा दिइएको नक्सामा नेपालको पुरानो वा बुच्चे नक्सानै समावेश गरिएको छ ।

कक्षा ५ को सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषयमा समावेश गरिएको नक्सा

त्यस्तै कक्षा ९ को सामजिक अध्ययनको पेज नं. १३३ को पाठ नं. ७ मा सामावेश भएको ‘नक्सा कार्य’ शीर्षकको पाठमा पनि कक्षा पाँचकै पकृतिको नक्सा समावेश गरिएको छ ।

कक्षा ९ को सामाजिक अध्ययन विषयमा समावेश गरिएको नक्सा

त्यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित अरनिको माध्यमिक विद्यालयले आज विद्यार्थीलाई वितरण गरेको पाठ्यपुस्तकमा पनि नेपालको पुरानै नक्सा समावेश छ ।

अङ्ग्रेजी माध्यममा पठनपाठन हुने सो विद्यालयले आज वितरण गरेको ‘सोसियल स्टडिज क्लास ९’ को पेज नं. १४६, १५० पेजमा पनि नेपालको पुरानै नक्सा सावेश गरिएको छ ।

अजा वितरण गरिएको सोसियल स्टडिज क्लास ९ मा भएको नक्सा

कोभिड १९ को दोस्रो लहरको सङ्क्रमणका बाबजुद निशेषधाज्ञालाई केही खुकुलो पार्दै उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश पसलमा यस्तै प्रकृतिका पुस्तक छ्याप्छ्याप्ति बेच्न राखिएको छ । कक्षा ९ को सामाजिक अध्ययन विषयमा समावेश गरिएका सबै नक्सा पुरानै देखिएको पुस्तक पसलेहरु बताउँछन् । ‘जनक शिक्षा सामग्री केन्द्रले छापेको पाठ्यपुस्तकमा नै नेपालको पुरानै नक्सा समावेश गरिएको छ ।’ भक्तपुरको गठ्ठाघरमा केही समयअघिदेखि स्टेशनरी पलस गर्दै आएका एक पसले भन्छन्, ‘मलार्इ मैले जनक शिक्षाको आधिकारिक बिक्रेता मार्फत नै बिक्री गर्न भनेर ल्याएका सबै प्रकृतिका पाठ्यपुस्तकका पुरानै नक्सा छ, बेच्नु कि नबेच्नु ? दोधारमा परेको छु ।’

त्यस्तै काठमाडौंको भोटाहिटीमा बितरण केन्द्रका रुपमा पसल सञ्चालन गरेर विगत १० वर्ष यता देशैभरका अधिकांश स्टेसनरी पसलमा पाठ्यपुस्त सप्लााई गर्दै आएका वितरक पनि सबै कक्षाको सामाजिक विषयमा समावेश गरिएका नक्सा पुरानै भएको दाबी गर्छन् ।

तेह्रथुमको म्याङ्लुङको कालिका माविमा सामाजिक विषय शिक्षक पनि आफूले लिएको सामाजिक विषयको पाठ्यपुस्तक परिमार्जन नै नगरी बजारमा ल्याएको बताउँछन् ।

तथापि केन्द्रले हिजो सार्वजनिक गरेको सूचनाको सूचना नं. २ मा ‘नयाँ नक्सा अनिवार्य रूपमा प्रयोग गर्ने पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिको २०७८जेठ २८ गतेको बैठकबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहितको नेपालको नया सबै कक्षाका पाठ्यपुस्तकका सम्बन्धित पेजहरूमा अनिवार्य रूपमा राख्नुपर्ने नेपाल सरकारको निर्णयानुसार जनक शिक्षा सामग्री केन्द्र र अन्य प्रकाशकहरूबाट छपाइ भइसकेका तर पुरानो नक्सा रहेका पाठ्यपुस्तकहरूका सम्बन्धित पेजहरुमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा समावेश गरी उक्त पेजहरू पुनः छपाइ गरी विक्रेताहरूमार्फत तत्काल सम्पूर्ण विद्यालयहरूमा अनिवार्य रूपमा पुयाउने व्यवस्था गर्ने निर्णय भई आएकाले सम्बद्ध प्रकाशक तथा वितरकहरूले सोहीअनुसार गर्नगराउनुहुन तथा अन्यथा भएको पाइएमा प्रचलित ऐन कानुनअनुसार कारबाही हुने व्यहोरा सम्बद्ध सबैमा जानकारी गराइएको छ।’ भन्ने उल्लेख गरिएको छ ।

शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा ८ मा विद्यालयले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्नुपर्ने व्यवस्था रहेको शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम ३५ अनुसार पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेका पाठ्यसामग्रीहरूको सूचीमा परेका थप पाठ्यसामग्री वा पाठ्यपुस्तक मात्र प्रयोग गर्नुगराउनु पर्ने व्यवस्था रहेको भन्ने उल्लेख गरेको छ । तर नयाँ शैक्षिक सत्रको सुरुवात संगै विभिन्न प्रकाशक, पुस्तक व्यवसायीहरूले तयार गरेका सहयोगी पाठ्यसामग्री किन्न निजी विद्यालयहरुले विद्यार्थीहरुलाई दवाव दिइरहेका छन् ।

निजी विद्यालयहरुले भने केन्द्रको स्वीकृतिमा केन्द्रले नै निर्दिष्ट गरेको पाठ्यक्रमको आधारमा तयार पारिएका सअयोगी सामाग्री मात्र खरिद गर्न विद्यार्थीलाई सुझाएको जानकारी दिए ।

‘स्वीकृति प्राप्त पाठ्यसामग्रीहरूमा नेपालको संशोधित नक्सा समावेश नगरी तथा विद्यालय तहको पाठ्यक्रम अनुसार प्रचलित कानुनबमोजिम स्वीकृति प्राप्त गरेर मात्र पाठ्यसामग्नहरूको प्रकाशन, विक्रीवितरण र प्रयोग गर्नुपर्ने व्यवस्थाको प्रतिकूल हुने गरी प्रकाशन, बिक्रीवितरण र प्रयोग नगर्नुनगराउनुहुन प्रकाशक, पुस्तक व्यवसायी, विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थीलगायत सरोकारवाला सबैलाई अनुरोध छ । प्रचलित कानुनको प्रतिकूल हुने गरी प्रकाशन, बिक्रीवितरण र प्रयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ’ भन्ने हिजो प्रकासित सूचनामा उल्लेख गरिएको छ ।

‘पाठ्यक्रम प्रारुप अनुसार शैक्षिक वर्ष २०७८ मा कक्षा २, ३।६ र १२ मा नयाँ पाठ्यक्रम तथा पाठ्यपुस्तक लागु भएका छन् । राष्ट्रिय शिक्षा नीति, राष्ट्रिय पाठ्यक्रम प्रारूप र स्वीकृत पाठ्क्रमअनुसार समाजिक अध्ययन र मानवमूल्य शिक्षालगायत नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुको पठनपाठनका लागि पाठ्यसामग्री र माध्यम नेपाली भाषा हुने व्यवस्था गरिएको छ’ भन्ने हिजोको सूचनामा उल्लेख गरिएको छ ।

अङ्ग्रेजी माध्ययमामा सञ्चालन गरिएका सामुदायिक विद्यालयले सामाजिक अध्ययन विषय पनि अङ्ग्रेजी माध्यममा अध्यापन गराइरहेका छन् । केन्द्रको यो सूचनाको आसय र शिक्षा मन्त्रीको बारम्बारको उर्जी समेतलाई मध्यनजर राख्दा केन्द्रको अवधारणा अनुसार पाठ्यपुस्तक बजार तथा विद्यालयमा पुगेकै छैनन् । प्रकाशक तथा वितरकले पुरानै पाठ्यपुस्तकको नक्सा भएको पेजलाई परिमार्जननै नगरी बजारमा पुर्याएका छन् वा शिक्षा मन्त्रीको लुकाउने र देखाउने दुईटा जिब्रो हुँदा नियतिमा नै समस्या देखिएको विज्ञको दाबी छ ।

A Levels MA