धेरै पुरुषको रोजाइ व्यवस्थापन, महिलाको शिक्षा

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार (दश जोड २ वा सो सरह वा सो भन्दा माथिल्लो तह उत्तीर्ण गरेका) धेरै व्यक्तिहरुले अध्ययन गरेको विषय व्यवस्थापन रहेको छ । त्यसमा पनि धेरै पुरुषले व्यवस्थापन गरेको पाइएको छ । व्यवस्थापन रोज्ने पुरुष ३६.९ प्रतिशत रहेका छन् । जगनगणनाको अवधिमा ३३.१ प्रतिशत महिलाले व्यवस्थापनमा उच्च शिक्षा हासिल गरेका छन् । कुल ३५.१ प्रतिशतले उच्च शिक्षा व्यवस्थापनबाट हासिल गरेका छन् । भने, धेरै महिलाले शिक्षाशास्त्रमा उच्च शिक्षा हासिल गरेका छन् । कुल ३६.१ प्रतिशत महिलाले शिक्षाशास्त्र अध्ययन गरेका छन् । लैगिंक आधारमा हेर्दा ३६.१ महिला र २४.६ प्रतिशत पुरुषले शिक्षा विषय लिएर पढेका छन् ।

कुल विद्यार्थीमा शिक्षाशास्त्र अध्ययन गरेका २९.९ प्रतिशत सहित दोस्रो स्थानमा रहेका छन् । भने मानविकी तथा सामाजिक शास्त्र अध्ययन गरेका व्यक्तिहरु ११.५ प्रतिशत सहित तेस्रो स्थानमा रहेका छन् ।

विज्ञान, स्वास्थ्य÷चिकित्साशास्त्र, इन्जिनियरिब, कम्प्युटर÷सूचना प्रविधि, कानुन, कृषि, वन र पशुविज्ञान÷पशुचिकित्सा÷मत्स्यपालन विषय अध्ययन गर्ने व्यक्तिहरु क्रमशः ७.१ प्रतिशत, ४.४ प्रतिशत, ३.० प्रतिशत, १.२ प्रतिशत, ०.८ प्रतिशत, ०.७ प्रतिशत, ०.३ र ०.२ प्रतिशत रहेको रहेका छन् ।

लैङ्गिक आधारमा विश्लेषण गर्दा सबैभन्दा धेरैमानविकी तथा सामाजिकशास्त्र (११.६ प्रतिशत) अध्ययन गर्ने महिला र पुरुषको जनसंख्या बराबर रहेका छन् ।

Thuprai - Books and E-books