SEE Result 2082

व्यासका सबै विद्यायलयमा व्यवस्थापन समिति गठन गरिने

तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढाएको छ । नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा व्यवस्थापन समितिको तीनवर्षे कार्यकाल समाप्त हुन लागेकाले नयाँ समिति गठनका लागि प्रक्रिया अगाडि बढाइएको नगर शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।

विसं २०७८ जेठ मसान्तभित्र नयाँ व्यवस्थापन समिति गठन गर्न निर्देशन गरिएको र त्यसको अनुगमन सम्बन्धित वडाध्यक्षले गर्ने रेग्मीले बताए । “विद्यालय व्यवस्थापन समिति जेठपछि स्वतः विघटन हुने भएकाले नयाँ समिति गठन गर्न सम्बन्धित वडाध्यक्षलाई परिपत्र भइसकेको छ”, उनले भने। नगरपालिकाले प्रविधिमैत्री शिक्षा अघि बढाउन हरेक वडामा माध्यमिक तथा आधारभूत विद्यालयमध्ये एक÷एक विद्यालय छनोट गर्ने कार्यलाई पनि अगाडि बढाएको छ ।

बन्दीपुरले स्थानीय पाठ्यक्रम बनाउने

तनहुँको बन्दीपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ । आगामी शैक्षिक सत्र २०७८ मा लागू गर्ने गरी गाउँपालिका स्थानीय पाठ्यक्रम निर्माणको तयारी लागेको हो ।

पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीको संयोजकत्वमा पाठ्यक्रम निर्माण समिति गठन गरेको छ । उक्त समितिमा विभिन्न विद्यालयका प्रधानाध्यापक र स्थानी शिक्षाविद् सदस्य रहेका छन् ।

आर्थिक, सामाजिक, जातीय, सांस्कृतिक, धार्मिक, पर्यटकीय, ऐतिहासिक, कृषिलगायत क्षेत्रलाई समेटेर पाठ्यक्रम निर्मा आफ्नै पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्रबाट लागू गर्ने नीतिअनुसार काम थालिएको पालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए । पाठ्यक्रम निर्माणका क्रममा सबै क्षेत्रको सुझाव समेटी पाठ्यक्रम निर्माण गरिने अधिकृत सुवेदीले जानकारी दिए ।

+2 School
Counseling
Bachelors Portal