कक्षा १२ सम्म निःशुल्क पढाउँदै महेन्द्रप्रताप मावि

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ धुस्कुनमा अवस्थित महेन्द्रप्रताप माध्यामिक विद्यालयले चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा निःशुल्क पढाउने भएको छ ।

सरकारले माध्यमिक शिक्षा निःशुल्क घोषणा गरेको धेरै वर्ष बितिसके पनि देशका सबै जसो विद्यालययले कक्षा ११ र १२ मा शुल्क लिँदै आएका छन् । गाउँका अधिकांश बालबालिका आफ्नो रुचिको विषय पढ्न सहर छिर्ने हुँदा गाउँका विद्यालय सुनसान हुन थालेपछि विद्यालयले आन्तरिक स्रोत र गाउँपालिकाको सहकार्यमा विद्यालयले कक्षा ११ र १२ मा निःशुल्क अध्यापन गराउन लागेको प्रध्यानाध्यापक सुरज भट्टराईले जानकारी दिए । ‘हामीले विद्यार्थी भर्ना अभियान सञ्चालन सुरु गरिसकेका छौं ।’ उनले भने, ‘विद्यालयले चालेको यो कदमपछि गाउँमा विद्यार्थी टिक्ने विश्वास लिएका छौं, दातृ निकाय तथा सम्बद्ध सबैको सहयोगमा विद्यालयलाई निःशुल्क बनाएका हौं ।’

विद्यार्थी तथा अभिभावकलाई अर्थिक भार नहुने हेतुले उक्त अभियान शुरु गरिएको वडाध्याक्ष सुकदेव रिसालले बताए । यो अभियानमा विद्यालयले भर्ना कार्यक्रम शुरु गरिसकेको रिसालले जानकारी दिए ।

उक्त अभियानलाई सहजताका साथ अघि बढाउन विद्यालय व्यवस्थापन समितिले जतिसक्दो प्रयास गर्ने समितिका अध्यक्ष बलराम न्यौपानेले बताए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal