After SEE Portal

महानरले स्रोत शिक्षक नियुक्त गर्यो

Bridge Course

काठमाडौं महानगरपालिकाले स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ । स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते सञ्चालन गरेको विषयगत लिखित तथा प्रयोगात्मक परीक्षा र अन्तरवार्ताको प्राप्ताङ्कका आधारमा योग्यता क्रम निर्धारण भएका उम्मेदवारलाई नियुक्तिका लागि शिफारिस गर्ने निर्णय गरेको हो ।

प्रयोगात्मक परीक्षामा गुणस्तर सुधार योजनाको मूल्याङ्कन, प्रस्तुतीकरण र कम्प्युटर सिपको परीक्षण गरिएको थियो । महानगरपालिकाले गणित विषयमा ३ पद, नेपाली, अंग्रेजी, विज्ञान र सामाजिक विषयमा २÷२ पदका लागि गएको कार्तिक १७ गते विज्ञापन गरेको थियो ।

माग गरिएका पदमा  लिखित परीक्षामा गणित विषयमा ११ जना, नेपाली विषयमा ४ जना, अंग्रेजी विषयमा ५ जना, विज्ञान विषयमा ४ जना र सामाजिक बिषयमा ८ जनाले आवेदन दिएका थिए ।

A Levels MA
Thuprai - Books and E-books