कुहिरोभित्रै लुकेका मधेस-कर्णाली

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार, कर्णाली प्रदेशमा विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत रहेको पाइएको छ ।  सो प्रदेशमा विद्यालयको विद्यार्थी टिकाउ दर पनि कमजोर देखिएको छ ।देशको साक्षरता दर ७६ दशमलव एक प्रतिशत छ । कूल साक्षरता दरको सबैभन्दा बढी ३० दशमलव ९ प्रतिशत व्यक्तिले कक्षा पाँचसम्म मात्रै पढेका छन् भने २१ दशमलव पाँच प्रतिशतले आठ कक्षासम्म मात्रै पास गरेको देखिएको छ ।

कर्णालीमा पुरुष भन्दा १४।२ प्रतिशत बढी महिला निरक्षर छन् । पुरुषको साक्षरतादर ८३ दशमलव ६ प्रतिशत छ हुँदा महिलाको साक्षरता दर ६९ दशमलव ४ प्रतिशत रहेको छ ।

 यो प्रदेशमा अझै २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी रहेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार प्रदेशमा रहेको कूल जनसङ्ख्या १६ लाख ८८ हजार ४१२ मध्ये २४ प्रतिशत अर्थात ४ लाख५ हजार २१९ जना अहिले पनि निरक्षर छन् ।

राष्ट्रिय  जनगणना २०७८ अनुसार  मधेस प्रदेशमा ६१ लाख २६ हजार २८८ जना मानिस बसोवास गर्छन् । यो प्रदेशका कुनै जिल्लालाई सरकारले कागजमा साक्षर घोषणा गरेको छैन । यो प्रदेशको साक्षरता दर मात्र ६३ प्रतिशत छ ।  ३७ प्रतिशत  मानिस अझै पढ्न लेख्न जाँदैनन् ।  रौतहटको ५७.७५ प्रतिशत, महोत्तरी ५७.७७ सर्लाही ६०.०१ प्रतिशत मानिस साक्षर छन् ।   

५ वर्षमाथिका ५४ लाख ७३ हजार ४७८ मानिस छन् ।  यसमा  ३४ लाख ९१ हजार ६४४ जना मात्र साक्षर भएके शिक्षा विकास निर्देशनालय धनुषाले जानकारी दियो ।  निर्देशनालयका अनुसार यो प्रदेशमा  १९ लाख ८१ हजार ८३४ जना मानि अझै लेख्न पढ्न जाँदेनन् ।  साक्षर भनिएका  ३४ लाख ७७ हजार ४१३  मध्ये १९ लाख ७९ हजार ४९९ जना पुरुष र १२ लाख १२ हजार ३२५ जना महिला रहेका छन् । यीमध्ये १४ हजार २३१ जना पढ्न सक्ने खालका साक्षर  भनिएको भए पनि यी भित्रका पनि  १४ हजार २३१ जना सामान्य सावा अक्षर मात्र चिन्ने छन् लेख्न सक्दैनन् ।

राष्ट्रिय जनगणनामा २०७८ अनुसार कुल साक्षर जनसंख्याको सबै भन्दा बढी अर्थात २८.७ प्रतिशत व्यक्तिहरुले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन् । दोस्रोमा निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) उत्तीर्ण गरेका व्यक्तिहरु १९.९ प्रतिशत रहेका छन् । एस।एल।सि। वा सो सरह मात्र उत्तीर्ण गर्ने व्यक्तिहरु कुल साक्षर जनसंख्याको ९.५ प्रतिशत छन् ।

यसैगरी एसएलसी भन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरु १९.५ प्रतिशत रहेका छन् । अनौपचारिक शिक्षा हासिल गर्ने व्यक्तिहरु १.८ प्रतिशत रहेका छन् ।