After SEE Portal

मदन भण्डारी विश्वविद्यालयः दफावार छलफल सकियो

Bridge Course

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०७६ को दफावार छलफल सकिएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा प्रवेश गरेको विधेयकको दफावार छलफल सकिएको समिति सभापति जयपुरी घर्तिले बताइन् ।

विधेयकमा विदेशी नागरिकलाई विश्वविद्यालयमा नियुक्ती गर्न सकिने प्रावधान छ । यस्तै, विधेयकमा संरक्षक समितिको व्यवस्था गरिएको छ । विश्वविद्यालयको सर्वोच्च निकायको रुपमा एक संरक्षक समिति रहने उल्लेख छ ।

विधेयक पारित भएमा विश्वविद्यालयको नाम मदन भण्डारी युनिभर्सिटी रहनेछ । विश्वविद्यालयको केन्द्रीय कार्यालय काठमाडौं उपत्यका वा आसपासका उपयुक्त स्थानमा रहने उल्लेख छ । विश्वविद्यालयमा संरक्षक समिति, प्राज्ञिक परिषद्, कार्यकारी परिषद्को व्यवस्था गरिएको छ ।

विश्वविद्यालयको कार्यकारी प्रमुखको हैसियतमा कार्यसम्पादन गर्न विश्वविद्यालयमा एक जना अध्यक्ष रहने व्यवस्था गरिएको छ ।

मदन भण्डारी विश्वविद्यलाय व्यवस्था गर्न बनेको विधेयक (डाउनलोड गर्नुहोस) 

A Levels MA