After SEE Portal

लुम्बिनी वाणिज्य क्याम्पसले उद्यमशीलता विकास कार्यक्रम सुरु गर्ने

Bridge Course

लुम्बिनी वाणिज्य क्याम्पसले उद्यमशीलता विकास सहयोग कार्यक्रम सुरु गर्ने भएको छ । क्याम्पसमा उद्यमशीलता विकास सहयोग कार्यक्रम आजबाट सुरु हुने भएको हो ।

विश्वविद्यालय अनुदान आयोग, नेपालको अनुदान सहयोगमा उक्त कार्यक्रम सुरु हुन लागेको क्याम्पस प्रमुख प्राडा. ताराप्रसाद उपाध्यायले जानकारी दिए ।

यस कार्यक्रमबाट प्राज्ञिक तथा व्यवसायिक क्षेत्रका विज्ञमार्फत उद्यमी वन्न चाहने विद्यार्र्थीले व्यवहारिकरुपमै व्यवसायिक ज्ञान प्राप्त गर्नुका साथै उनीहरू आवश्यक पर्ने प्रारम्भिक पँुजी पनि प्रदान गरिने उपाध्यायले बताए ।

‘फरक सोचका साथ यस प्रकारको कार्यक्रम शुभारम्भ गरिएको छ ।’ उनले भने, ‘देश विकासलाई उद्यमशीलता विकास अपरिहार्य रहेकोले क्याम्पसले यसलाई प्राथमिकतामा राख्दै आएको छ ।’

उद्यमशीलता विकास सहयोग कार्यक्रम आज एक कार्यक्रमकाबिच नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य एवं बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले उद्घाटन गर्ने काउन्सिलिङ एण्ड प्लेसमेण्ट सेल, लुम्बिनी वाणिज्य क्याम्पसका संयोजक डिल्लीराज गौतमले जानकारी दिए । अभिमुखिकरण कार्यक्रममा सय भन्दा बढी उद्यमशील बन्न चाहानेहरूको सहभागिता रहने छ ।

 

A Levels MA
Thuprai - Books and E-books