After SEE Portal

त्रिवि स्नातकको उत्तीर्ण प्रतिशत २९ मात्र

Bridge Course

जेठो विश्वविद्यालय कमजोर नतिजा

विश्वविद्यालय अनुदान आयोगमार्फत् सन् २०२१–२२ मा त्रिभुवन विश्वविद्यालयलाई रु. १०८६६ (लाखमा) बजेट प्रदान गर्यो । सो शैक्षिक वर्षमा ४ लाख ५४ हजार ६५ जना विद्यार्थीका लागि सो बजेट प्रदान गरेको हो । स्नातकोत्तरदेखि पीएचडीसम्म सञ्चालन हुने विश्वविद्यालयका लागि आयोगमार्फत् सरकारले सो बजेट प्रदान गरेको हो ।

नेपालका अन्य विश्वविद्यालयको तुलनामा दोब्बर वित्तीय खर्च गरे पनि यो विश्वविद्यालयको विद्यार्थी उत्तीर्ण प्रतिशत न्यून छ । आयोगले सार्वजनिक गरेको विवरण अनुसार त्रिविको स्नातक तहको उत्तीर्ण प्रतिशत कहाली लाग्दो छ ।  आयोगका अनुसार  स्नातक तहमा ८८ प्रतिशत विद्यार्थी छन् ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार स्नातक तहमा विद्यार्थी संख्या त्रिविमा नै धेरै छ । तर त्रिविको उत्तीर्ण प्रतिशत २९.३३ प्रतिशत मात्र छ । त्रिवि भन्दा न्यून स्तर छ मध्यपश्चिम विश्वविद्यालयको । यो विश्वविद्यालयको उत्तीर्ण प्रतिशत  २३.५ प्रतिशत रहेको छ ।  त्यसैगरी  सो शैक्षिक वर्षमा सुदुरपश्चिम विश्वविद्यालयको उत्तीर्ण प्रतिशत २०.६६ प्रतिशत छ ।

उक्त तहको विल्कुलै चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गरेका शैक्षिक संस्थाको उपलब्धी भने सत प्रतिशत छ । पाटन एकेडेमी अफ हेल्थ साइन्स, कर्नाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उत्तीर्ण प्रतिशत सतप्रतिशत रहेको छ । त्यसैगरी नेसनल एकेडेमी अफ मेडिकल साइन्सको ९५, बीपी कोइराला हेल्थ इन्स्टिच्युट अफ हेल्थ साइन्सको ९२.४४ प्रतिशत रहेको छ भने काठमाडौं विश्वविद्यालयको उत्तीर्ण प्रतिशत ९० रहेको छ । 

Name of Institution

Budget(in Millioins)

Pass Rate(%)

TU 10,866 29.33
NSU 853 31.02
KU 219 90
PU 226 56.72
PokU 160 55.12
LBU 170 69.64
AFU 444 82
MU 439 23.5
FWU 444 20.66
NOU 97 65.60
RJU 90 48.1
GU   79
BPKIHS   92.44
PAHS   100
KAHS   100
NAMS   95
AFU 1,045  
Madan Bhandari University of Science and Technology   35
Surkhet Medical College Infrastructure Project 7  
Bardibas Medical College Infrastructure Project 9  
Butwal Medical college Infrastructure Project 5  
Medical College Infrastructure, Development Project Committee, Geta, Kailali 410  
Nepal University Infrastructure Development Preparation committee 15  
Bidhushi Yogmaya Aayurved University 13  

SOURCE: UGC

 माथिको तालिकालाई हेर्दा सरकारले जति बढी लगानी गरेको छ ती विश्वविद्यालयको उपलब्धी न्यून छ । आन्तरिक किचलो परीक्षा तथा नतिजा प्रकाशनमा अनियमितता तथा सिधै राजनैतिक हस्तक्षेप देखिएको विश्वविद्यालयको नतिजा टीठ लाग्दो भएको विज्ञहरू बताउँछन् ।

A Levels MA