
जेठो विश्वविद्यालय कमजोर नतिजा
विश्वविद्यालय अनुदान आयोगमार्फत् सन् २०२१–२२ मा त्रिभुवन विश्वविद्यालयलाई रु. १०८६६ (लाखमा) बजेट प्रदान गर्यो । सो शैक्षिक वर्षमा ४ लाख ५४ हजार ६५ जना विद्यार्थीका लागि सो बजेट प्रदान गरेको हो । स्नातकोत्तरदेखि पीएचडीसम्म सञ्चालन हुने विश्वविद्यालयका लागि आयोगमार्फत् सरकारले सो बजेट प्रदान गरेको हो ।
नेपालका अन्य विश्वविद्यालयको तुलनामा दोब्बर वित्तीय खर्च गरे पनि यो विश्वविद्यालयको विद्यार्थी उत्तीर्ण प्रतिशत न्यून छ । आयोगले सार्वजनिक गरेको विवरण अनुसार त्रिविको स्नातक तहको उत्तीर्ण प्रतिशत कहाली लाग्दो छ । आयोगका अनुसार स्नातक तहमा ८८ प्रतिशत विद्यार्थी छन् ।
आयोगले सार्वजनिक गरेको विवरण अनुसार स्नातक तहमा विद्यार्थी संख्या त्रिविमा नै धेरै छ । तर त्रिविको उत्तीर्ण प्रतिशत २९.३३ प्रतिशत मात्र छ । त्रिवि भन्दा न्यून स्तर छ मध्यपश्चिम विश्वविद्यालयको । यो विश्वविद्यालयको उत्तीर्ण प्रतिशत २३.५ प्रतिशत रहेको छ । त्यसैगरी सो शैक्षिक वर्षमा सुदुरपश्चिम विश्वविद्यालयको उत्तीर्ण प्रतिशत २०.६६ प्रतिशत छ ।
उक्त तहको विल्कुलै चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गरेका शैक्षिक संस्थाको उपलब्धी भने सत प्रतिशत छ । पाटन एकेडेमी अफ हेल्थ साइन्स, कर्नाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उत्तीर्ण प्रतिशत सतप्रतिशत रहेको छ । त्यसैगरी नेसनल एकेडेमी अफ मेडिकल साइन्सको ९५, बीपी कोइराला हेल्थ इन्स्टिच्युट अफ हेल्थ साइन्सको ९२.४४ प्रतिशत रहेको छ भने काठमाडौं विश्वविद्यालयको उत्तीर्ण प्रतिशत ९० रहेको छ ।
| Name of Institution | Budget(in Millioins) | Pass Rate(%) | 
| TU | 10,866 | 29.33 | 
| NSU | 853 | 31.02 | 
| KU | 219 | 90 | 
| PU | 226 | 56.72 | 
| PokU | 160 | 55.12 | 
| LBU | 170 | 69.64 | 
| AFU | 444 | 82 | 
| MU | 439 | 23.5 | 
| FWU | 444 | 20.66 | 
| NOU | 97 | 65.60 | 
| RJU | 90 | 48.1 | 
| GU | 79 | |
| BPKIHS | 92.44 | |
| PAHS | 100 | |
| KAHS | 100 | |
| NAMS | 95 | |
| AFU | 1,045 | |
| Madan Bhandari University of Science and Technology | 35 | |
| Surkhet Medical College Infrastructure Project | 7 | |
| Bardibas Medical College Infrastructure Project | 9 | |
| Butwal Medical college Infrastructure Project | 5 | |
| Medical College Infrastructure, Development Project Committee, Geta, Kailali | 410 | |
| Nepal University Infrastructure Development Preparation committee | 15 | |
| Bidhushi Yogmaya Aayurved University | 13 | 
SOURCE: UGC
माथिको तालिकालाई हेर्दा सरकारले जति बढी लगानी गरेको छ ती विश्वविद्यालयको उपलब्धी न्यून छ । आन्तरिक किचलो परीक्षा तथा नतिजा प्रकाशनमा अनियमितता तथा सिधै राजनैतिक हस्तक्षेप देखिएको विश्वविद्यालयको नतिजा टीठ लाग्दो भएको विज्ञहरू बताउँछन् ।



