After SEE Portal

लकडाउन कहरः शिक्षा क्षेत्रमा के के पर्यो असर ?

Bridge Course

शिक्षा क्षेत्रका लागि लकडाउन कहर बन्दै गएको छ । मुख्यतः विद्यार्थीहरु यसको सबैभन्दा बढी मारमा परेका छन् । नतिजा प्रकाशनदेखि परीक्षा तालिका र विद्यार्थी भर्ना अभियान सकस बनेको छ ।

कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिका अनुसार ३ वैशाख २०७७ सम्म लकडाउनकै समय अवधि हो । हालसम्म विश्वभर ९५ हजार जनाको ज्यान गइसकेको छ ।

नेपालमा आठ जना सङ्क्रमित उपचारका क्रममा छन् । लकडाउनको समयावधि अझै लम्ब्याउने सरकारको तयारी छ । तर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउन लम्बिए वार्षिक बिदा कटौति गर्ने योजना बनाएको छ । शिक्षा क्षेत्रका जानकारहरु यो विषम परिस्थिती भएको भन्दै विद्यार्थी, शिक्षकहरुले बिदाको समयलाई ज्ञानसँग जोड्दै सदुपयोग गर्नुपर्ने बताउँछन् ।

शिक्षा क्षेत्रका जानकारहरु यो विषम परिस्थिती भएको भन्दै विद्यार्थी, शिक्षकहरुले बिदाको समयलाई ज्ञानसँग जोड्दै सदुपयोग गर्नुपर्ने बताउँछन् ।

नतिजा प्रकाशनमा ढिलाइ

अहिले देशभरका विद्यालयहरुको नतिजा प्रकाशनमा ढिलाइ भएको छ ।

मुख्यतः कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा आउनै बाँकी छ । विद्यालयका शिक्षकहरु उत्तरपुस्तिका जाँच गरिसकेको अवस्था छ । दाङ हेमन्तपुरस्थित सहिद स्मृति माविका शिक्षक रमा पोख्रेलले भनीन्, ‘उत्तरपुस्तिका जाँच गरिसके । नतिजा प्रकाशनका लागि त विद्यालय पनि त खुल्नुपर्यो नी ।’

शैक्षिक सत्र अन्योल

नयाँ शैक्षिक सत्र सुरु हुने बेला आइसक्यो । तर कहिलेदेखि लकडाउन खोल्ने हो अझै स्थिति अन्योल छ । शैक्षिक सत्र वैशाखबाट सुरु हुने गर्छ । तर यो वर्ष केही ढिला हुने निश्चित छ । शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले विद्यार्थीहरुको भर्नाका लागि विद्यालय खोल्नै पर्ने वाध्यता नरहेको बताए ।

उनले भने, ‘विद्यार्थी भर्ना त अनलाइनबाट पनि गर्न सकिन्छ । त्यसका लागि विद्यालय तयार हुनुपर्छ ।’ एसईई, कक्षा ११ र १२ को परीक्षा ढिलो यो वर्षभित्र एसईई नहुने निश्चित भएको छ ।

गत ६ चैतदेखि तोकिएको एसईई परीक्षा कोरोना जोखिमलाई मध्यनजर गर्दै केही दिनपछि सरेको हो । तर राष्ट्रिय परीक्षा बोर्डका अनुसार लकडाउन सकिए लगत्तै परीक्षा तालिका सार्वजनिक गरिने छ । यस्तै, कक्षा ११ र १२ को परीक्षा पनि स्थगित भएको छ । सम्भवतः एसईई, कक्षा ११ र १२ को परीक्षा सँगसँगै हुनेछ ।

अभिभावक चिन्तित

अभिभावकले आफ्ना छोराछोरी बिग्रिन्छन् की भन्ने चिन्ता गर्न थालेका छन् । अभिभावक गणेश केसीले भने, अझै कहिलेसम्म हो यो लकडाउन । ‘मेरो छोरोले त पढ्न पनि छोड्यो, नेट इन्टरनेटमा मात्रै ध्यान दिन्छ ।’

 

A Levels MA
Thuprai - Books and E-books