A Levels MA

पोखरा विश्वविद्यालयमा पनि ताला, वार्तामा आउन आग्रह

पोेखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाइएको छ । जेठ ३० गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (कान्तिकारी)ले ताला लगाएको हो ।

तीन दिन अघिबाट लगाइएको ताला खोल्नका लागि विश्वविद्यालयका पदाधिकारी पदाधिकारी र कर्मचारीहरुको आजको संयुक्त छलफलले असन्तुष्ट पक्षलाई वार्तामा आउन आगह गरेको छ ।

सो संगठनको पोखरा विश्वविद्यालय जिल्ला कमिटि, कास्कीद्धारा गरिएको तालावन्दीको सन्र्दभमा उक्त संगठनकै लेटरप्याड प्रयोग गरी तालावन्दी गरिएको आधिकारीकता माथि प्रश्न उठाइएको हुँदा विश्वविद्यालयमा यथाशिघ्र आधिकारिक संगठनले बार्तामा आउन आग्रह् गरेको हो ।

वार्ताम नआए विश्वविद्यालयमा भएको तालावन्दी विश्वविद्यालय प्रशासनले खोल्ने चेतावनी समेत दिएको छ ।

Thuprai - Books and E-books