After SEE Portal

कक्षा १० र ११ को परीक्षालाई सधैंका लागि हटाउन निर्देशन

Bridge Course

व्यवस्थापिका संसदअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा सञ्चालन नगर्ने निर्णय उपयुक्त रहेको ठहर गरेको छ ।

समितिको बैठकले सो ठहर गर्दै अब सधैंका लागि कक्षा १० र ११ को परीक्षा हटाएर स्थानीय तहबाट गरी कक्षा १२ मा राष्ट्रियस्तरको परीक्षा हुने गरी आवश्यक कानुनी व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसैगरी सामुदाियक  विद्यालयका लागि स्राेत साधन उपलब्ध गराउने, गुणस्तर वृद्धि गर्ने, भाैतिक पूर्वाधारकाे सुनिश्चित गर्ने लगायतका सम्पर्ण दायित्व सरकारकाे नै भएकाेले सामुदायिक माध्यमिक विद्यालयकाे पूर्ण जिम्मा सरकारले लिनुपर्ने पनि निर्देशन दिइएकाे छ ।

त्यस्तै शिक्षा मन्त्रालयले तयार गरेकाे निर्देशिकाका सन्दर्भमा अति विपन्न परिवारका विद्यार्थीलाइ प्राथमिकतामा राखी सिकाइकाे निरन्तरता सुनिश्चित गर्ने, फरक क्षमता भएका विद्यार्थीका लागि विशेष व्यवस्था गर्नुपर्ने, सिकाइका सम्बन्धमा प्रभावकारी र निरन्तर अनुगमन गर्ने व्यवस्था गर्नुपर्ने लगायतका निर्देशन दिइएकाे छ ।

 

A Levels MA