After SEE Portal

शैक्षिक गुणस्तरका लागि स्थानीय तह अग्रसर हुनपर्ने

Bridge Course

मेलम्ची, १५ माघ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक गुणस्तरका निम्ति स्थानीय तह अग्रसर हुनपर्नेमा जोड दिनुभएको छ । 

मेलम्ची नगरपालिका–१ भोटेचौरको सिन्धु भ्याली क्याम्पसको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अबको शिक्षा विकास तथा प्रविधिसँग जोडिएको हुनपर्ने र त्यही अनुसारको शिक्षा नीति बनाउने बताउनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री अग्नि सापकोटाले अबको शिक्षा समाजवादी हुनुपर्ने र सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै पूर्वमन्त्री शेरबहादुर तामाङले समृद्ध नेपाल निर्माण गर्न शिक्षाको विकास आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रमाया गुरुङ, निमा लामा लगायतले शिक्षा विकास गर्नपर्नेमा जोड दिनुभएको थियो । 

A Levels MA