After SEE Portal

बारबर्दिया नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम कार्यान्वयन (यस्तो छ पाठ्यक्रम)

Bridge Course

बर्दियास्थित बारबर्दिया नगरपालिकाले स्थानीय पाठ्यक्रम यस वर्षबाट कार्यान्वयनमा ल्याएको छ ।

सो नगरपालिकाले तयार गरेको ‘बारबर्दिया गौरव’ शीर्षकको स्थानीय पाठ्यक्रम सार्वजनिक गरिएको छ ।

कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुले स्थानीय पाठ्यक्रम वा भाषामध्ये कुनै एक विषय छनोट गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सो नगरपालिकाले पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याएको हो ।

बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु (कविर)ले स्थानीय पाठ्यक्रमको कार्यान्वयनसँगै यस क्षेत्रको गौरव बढाउने बताए ।

उहाँले स्थानीय पाठ्यक्रमबाट स्थानीय विद्यार्थीले आफ्नो समाज तथा परिवारलाई नजिकबाट चिन्ने अवसर पाउने बताउँदै परिवार र समाज बुझ्न सकेमात्र शिक्षाको वास्तविक जग निर्माण हुनसक्ने धारणा व्यक्त गरे ।  

“हामी आफ्नो संस्कृतिभन्दा विदेशी संस्कृति र समाजको अध्ययन गर्ने परम्परा अङ्गाल्ने गरेका छौँ” उनले भने, “अब स्थानीय पाठ्यक्रमले स्थानीय कला, धर्म, संस्कृति, समाज आदिको ज्ञान दिनेछ । विद्यार्थीले प्रारम्भमा विदेशीभन्दा स्थानीय समाजलाई अध्ययन गर्नुपर्छ ।”

बारबर्दिया नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा नगरपालिकाको सामान्य परिचय, स्थानीय प्राकृतिक स्रोत, सम्पदा, पर्यटकीय स्थलको पहिचान, भाषिक तथा सांस्कृतिक सचेतना विकास, स्थानीय परम्परागत पेसा, व्यवसाय, प्रविधि, जीवनोपयोगी सिप, मानव मूल्य क्रियाकलाप, जोखिम, प्रकोप लगायतका बारेमा समावेश गरिएको छ ।

(स्थानीय पाठ्यक्रम तल दिइएको छ ।)

बारबर्दिया पाठ्यक्रम

A Levels MA
Thuprai - Books and E-books