शिक्षक सेवा आयोगले माध्यमिक तह र निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षा ढाँचा र पाठ्यक्रम परिवर्तन गरेको छ । आयोगले अब सञ्चालन गर्ने परीक्षा परिवर्तित ढाँचा अनुसार नै गर्ने भएको छ ।
आयोगले यस अघि लाइसेन्सको परीक्षा विषयगतरुपमा लिँदै आएकोमा गत चैत्र २ को आयोगको निर्णय अनुसार दुवै तहको लाइसेन्सको पाठ्यक्रम तथा परीक्षा प्रणालि परीवर्तन गरेको हो ।