After SEE Portal

बालबालिका र अभिभावक संगै बसौं , घरैबाट व्यवहारिक शिक्षा दिऔं (साप्ताहिक शैक्षिक गतिविधि चैत्र १-८)

Bridge Course

चीनबाट शुरु भई विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को कहरले नेपाली दैनिक जनजीवन प्रभावित भएको छ । राजधानीबाट बाहिरिनेको संख्या दिनप्रति दिन बढिरहेको छ ।

यसले विश्वमा ११ हजारभन्दा बढी मानिसको ज्यान लिईसकेको छ भने करिब तीन लाख मानिस यसबाट संक्रमित भइसकेका छन् । करिब ८६ हजारभन्दा बढी मानिस यसको संक्रमणबाट निको भइसकेका छन् ।

तीव्ररुपमा विश्वमा फैलिइरहेको कोरोना भाइरसबाट बच्न र बचाउने उद्देश्यले सरकारले केही पहल गरेको छ । पश्चिमा विकसित देशले त यसको संक्रमणलाई थेग्न नसकिरहेको अवस्थामा नेपाल जस्तो विकासशील देशको सरकारले मात्र यसको रोकथाम तथा नियन्त्रण गर्न सक्दैन । त्यसैले यसको जोखिमबाट बच्न र बचाउन हामी सबैले आआफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने विज्ञहरूको धारणा छ ।

कोरोना भाइरसको तीव्र संक्रमणलाई ध्यानमा राख्दै सरकारले सम्पूर्ण शैक्षिक संस्था यो हप्तादेखि चैत्र मसान्तसम्मका लागि बन्द गरेको छ । आम नेपालीको चासो र महत्वको विषय बन्दै आएको माध्यमिक शिक्षा परीक्षा स्थगित गरेको छ । एसईई स्थगित संगै अभिभावकमा नतिजा खस्कने चिन्ता बढेको पाइन्छ । बालविकासदेखि विश्वविद्यालयसम्मका सम्पूर्ण शैक्षिक कार्यक्रम सरकारले स्थगित गरेको भए पनि केही निजी विद्यालयले सरकारले गरेको निर्णयलाई वेवास्ता गर्दै आगामी शैक्षिक सत्रका लागि प्रवेश परीक्षा सञ्चालन गरेको पनि यो हप्ता भेटियो । यस्ता कार्यक्रम तत्काल बन्द गरी कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन सबैलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले अपील गर्यो ।

यसका साथै सरकारी तथा गैर सरकारी क्षेत्रबाट यसको संक्रमण रोकथामका लागि केही अनुकरणीय कार्य भइरहेका छन् । यसको संक्रमणबाट नेपाली बालबालिका तथा सम्पूर्ण नागरिकालाई बचाउनका लागि सरकारले ढिलो पहल गर्यो, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको अधिकार मिचियो जस्ता आलोचना भए पनि विश्वको वर्तमान परिवेशलाई हेर्दा सरकारले गरेका निर्णय स्वागत योग्य भएको अभिभावकहरू बताउँछन् ।

स्वास्थ्यको दृष्टिलाई हेर्ने हो भने यो हप्ता नेपालमा कोरोना संक्रमण भएका आधिकारी तथ्यांकहरू सार्वजनिक भएका छैनन् । केही सामाजिक सञ्जालमा अफवाह फैल्याइएको कारण सरकारले उनीहरूलाई कानुनी दायरामा ल्याएर उचित गरेको जानकारहरू बताउँछन् । खुला सीमा नाकाबाट नेपाल भित्रिने क्षेत्रमा नेपाल प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षणमा सरकारलाई सर्वसाधारणले सघाइरहेका छन् । सहरका कतिपय स्थानमा साबुन पानीले हात धुने व्यवस्था जस्ता सकारात्मक कदम चालिका छन् ।

यस्तो अवस्थामा आफ्ना छोराछोरीलाई बचाउन सकभर अभिभावकले घर बाहिर नपठाउने, बारम्बार साबुन पानीले हात धुन लगाउने, तातो पानी बारम्बार पिउन लगाउने, सकेसम्म बालबालिाकलाई घरैमा बस्ने वातावरण तयार गर्ने र चित्रकारितामा रुचि राख्नेलाई चित्र बनाउन लगाउने, खेतबारीको काम गर्ने ठाउँका बालकालिकालाई खेतबारीको काम सिकाउने, सानासाना नानीबाबुलाई आमाबुबाले प्रशस्त समय दिई बाहिरी संसर्गबाट बचाउनु पर्ने अभिभावक संघका अध्यक्ष धर्मदक्त देवकोटा बताउँछन् । ‘ सार्वजनिक यातायातमा आवत जावत गर्नैपर्ने अवस्थामा विशेष सावधानी अपनाउनुपर्छ ।’ उनले भने, ‘संक्रमणबाट जोगिने सकेसम्म घरबाट बाहिर जानु हुन्छ। नागरिकहरू सरकारले चालेका कदमको मर्म बुझ्न सक्नुपर्छ निश्चित दूरी कायम गर्नुपर्छ । बाहिर निस्कँदा पनि सकेसम्मकहीँ भीडभाड गर्नुहुँदैन, सबै कुरा सरकारको मुख ताक्नुभन्दा पनि आर्फैं सजग बन्नुपर्छ ।’

A Levels MA
Thuprai - Books and E-books