After SEE Portal

१६ स्थानीय तहका २१९ विद्यालयमा समुदाय स्तरमा आधारित सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गर्ने

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (अनुसन्धान तथा गुणस्तर सुधार शाखा) ले प्रदेश २ मा सम्वन्धित स्थानीय तहको नेतृत्वमा क्लष्टर-समुदाय स्तरमा आधारित सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आरटीआईले कोभिड १९ का कारण विद्यालय सञ्चालन हुन नसकि अवरुद्ध रहेको विद्यार्थीहरुको पठनपाठन प्रक्रियालाई सुचारू गर्न सो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

प्रदेश २ का ८ जिल्लामा छनौट भएका १६ स्थानीय तहका २१९ विद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (तथ्याङ्क, नीति तथा अनुसन्धान शाखा) को गत पुस १२ को निर्णय अनुसार राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको न्यूनतम प्याकेज कार्यक्रममा प्राविधिक सहयोग गर्दै आएको संस्था आरटीआईले सो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सम्वन्धित स्थानीय तहको शिक्षा, युवा तथा खेलकूद शाखाको नेतृत्वमा सप्तरी जिल्लाको महादेवा गाउँपालिकाका १९ विद्यालय, तिरहुत गाउँपालिका १२ विद्यालयमा सो कार्यक्रम लागु गर्ने भएको हो ।

त्यस्तैगरी सिरहाको औरही गाउँपालिकाका १५ विद्यालय र बिष्णुपुर गाउँपालिकाका १४ विद्यालयमा र धनुषाको धनौजी गाउँपालिकाका ८ विद्यालय र जनकनन्दनी गाउँपालिका ११ विद्यालयमा सो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्यस्तै महोत्तरीको पिप्रा गाउँपालिकाका १८ विद्यालय र सम्सी गाउँपालिका १४ विद्यालयमा र सर्लाही धनकौल गाउँपालिकाका १३ विद्यालय र चक्रघट्टा गाउँपालिकाका १० विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिने भएको छ ।

त्यसैगरी रौतहटको दुर्गा भवानी गाउँपालिकाका १७ विद्यालय र यमुनामाई गाउँपालिकाका ८ विद्यालयमा पनि आरटीआईले सो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्यस्तै बाराको देवताल गाउँपालिकाका १३ विद्यालय र विश्रामपुर गाउँपालिका का ११ विद्यालयमा र पर्साको विन्दबासिनी गाउँपालिकाका १४ विद्यालय र जिराभवानी गाउँपालिकाा २२ विद्यालयमा उक्त कार्यक्रम कार्यान्वयन हुने भएको छ ।

सो कार्यक्रम् कार्यान्वयनका लागि केन्द्रले सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइलाई सहजीकरणका लागि निर्देशन दिइसकेको केन्द्रका शाखा अधिकृत रामप्रसाद शर्माले जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books