After SEE Portal

स्कूल अफ एजुकेसन र स्कूल अफ आर्टसको भवन शिलान्यास

Bridge Course

काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसन र स्कूल अफ आर्टसको नयाँ भवन आज शिलान्यास गरिएको छ । प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीम प्रसाद सुवेदीले भवनको संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा हात्तिवन परिसरमा भवन निर्माण हुने भएको छ । सो भवन निर्माणका लागि १९ करोड ९४ लाख ५१ एकाउन्न हजार ९२३ रुपियाँ लागतमा निर्माण सम्पन्न गर्ने अनुमान गरिएको छ ।

दुई वर्षमा कार्य सम्पन्न गर्ने लक्ष्य रहेको उक्त भवनको शिलान्यास समारोहमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा, रजिष्ट्रार प्राडा सुवोद शर्मा र कन्ट्रोलर प्राडा। पन्ना थापाको उपस्थिति रहेको थियो । त्यस्तै स्कूल अफ एजुकेसनका पूर्व डीनहरु प्राडा। मनप्रसाद वाग्ले र प्राडा टंकनाथ शर्माको उपस्थिति रहको थियो भने स्कूलअफ आर्टस्का पूर्व डीन प्राडा।सागर राज शर्मा पनि सहभागी भएको केयुको स्कुल अर्फ आर्टस्ले जानकारी दियो ।त्यस्ते गरी दुबै स्कूलका डीनहरु प्राडा बालचन्द्र लुइँटेल र एकुमाया पुन तथा शिक्षक, कर्मंचारीहरु सहित सहभागिता रहको उक्त अवसरमा शिक्षाविद्हरु प्राडा। जयराज अवस्थी र प्राडा गंगाराम गौतम लगायत विद्यार्थीहरुको रहेको थियो ।

 

A Levels MA