After SEE Portal

गत वर्षको प्रश्नपत्र काम नलाग्ने

Bridge Course

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र पुनः प्रयोगमा ल्याउन सकिने सम्भावना देखिएको छैन ।

गोपनीयताका साथ परीक्षा नियन्त्रण कार्यालयमा सुरक्षित राखिएका ती प्रश्नपत्रको पुनःप्याकेजिङ् लगायतका व्यवस्थापनमा समस्या पर्नसक्ने भएकाले यस वर्ष (२०७८ साल)को एसईईमा प्रयोग गर्न कठिन हुने भनाइ सम्वद्ध निकायका पदाधिकारीको छ ।

परीक्षा नियन्त्रक रुद्र अधिकारीले तिनलाई पुनः प्रयोग गर्न असम्भव नभए पनि व्यवस्थापनमा निकै झन्झट व्यहोर्नुपर्ने भएकाले पुनः मुद्रण गर्नु सहज हुने बताए ।

“गत वर्षको परीक्षामा सहभागी भएका परीक्षार्थी र यस वर्षको परीक्षार्थीको सङ्ख्या समान रहँदैन । त्यसैले गत वर्ष गरिएका खामबन्दीलाई खोलेर पुनः नयाँ खामबन्दी गर्न निकै झन्झट व्यहोर्नुपर्छ” उनले भने, “एउटा खाममा थोरै थोरै प्रश्न पनि रहन्छन् । ती सबैलाई पालैपालो खोलेर नयाँ प्याकेजिङ गर्न र अपुग हुने प्रश्नपत्र पुनः छापेर तिनलाई पनि प्याकेजिङ गर्न त्यति सजिलो हुँदैन ।” गत वर्ष प्रश्नपत्रमा प्रकाशित ‘२०७७’ लाई पालैपालो मेटेर ‘२०७८’ उल्लेख गर्नुपर्ने पनि हुन्छ र यसो गर्दा पनि थप झन्झट हुने भनाइ पनिकाका पदाधिकारीहरुको छ ।पनिकाले गत वर्ष करिव दुई करोड ३० लाख रुपियाँ बराबरको प्रश्नपत्र छपाइ गरेको थियो । एसईई सञ्चालन नभएकाले ती प्रश्नपत्रलाई जनक शिक्षा सामग्री केन्द्रको सुरक्षण मुद्रणालयबाट सारेर पनिका भवनमा कडा सुरक्षाका साथ राखिएको छ । 

यसैबीच आजसम्ममा ५६ जिल्लाबाट एसईईको नतिजा पनिकामा आइपुगेको छ । देशभरिका जिल्लास्थिति शिक्षा विकास तथा समन्वय एकाइलाई गत असार मसान्तभित्र नतिजा ल्याइसक्नुपर्ने निर्देशन दिइएको थियो । 

परीक्षा नियन्त्रक अधिकारीले यही शुक्रबारसम्ममा बाँकी जिल्लाबाट नतिजा आइसक्ने जानकारी पाएका छौँ भन्दै थपे, “नतिजा साउन मसान्तभन्दा टाढा लैजान सम्भव हुँदैन । त्यसैले साउनभित्रै सार्वजनिक गर्ने गरी काम अगाडि बढाएका छौँ ।”

A Levels MA
Thuprai - Books and E-books