After SEE Portal

गत वर्ष एक लाख बढीले लिए एनओसी

Bridge Course

२०७९  मा  एक,लाख  १७,सत्र हजार ५६३ जनाले विदेश अध्ययनका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन । विभिन्न ७२ ओटा देशका ५६ ओटा विषयमाा अध्ययनका लागि  विद्यार्थीले एनओसी लिएका हुन् । 

दोस्रो पटक एनओसी लिँदा पहिले जारी गरेको रद्द हुने हुदा पहिले लिएका  १७ हजार ७७५ जनाको एनओसी रद्द भएको वैदेशिक अध्ययन अनुमति शाखाले जानकारी दियो । 

आव

संख्या 

२०७९

 १ लाख १७,सत्र हजार ५६३

२०७८

१ लाख १४ हजार १३४

२०७७

२७ हजार ९ सय ७८

२०७६

४ हजार ९४

२०७५

५३ हजार २ सय ५९

२०७४

५८ हजार ७५८ 

२०७३

५० हजार ६५९

२०७२

३२ हजार ४८९

अस्ट्रेलियाका  मात्रै ५० हजार ७४२ जना, जापानका लागि २० हजार ३ जनाले, क्यानडाका लागि १६ हजार ७१६ जनाले एनओसी लिएका छन् । त्यस्तै संयुक्त अधिराज्य बेलायतका लागि ८ हजार ७०७, अमेरिकाको लागि ५ हजार ८२, दक्षिण कोरियाका लागि दुई हजार २२५ जनाले एनओसी लिएका छन् ।

 आर्थिक वर्ष २०७८ मा वैदेशिक अध्ययन अनुमतिका लागि १ लाख १९ हजार ३०० जनाको निवेदन दर्ता भएकोमा १ लाख १४ हजार १३४ विद्यार्थीहरुलाई अध्ययन अनुमति पत्र प्रदान गरिएको,र  प्रकृया नपुगेका ५ हजार १६६ विद्यार्थीका निवेदन रद्द गरिएको, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक प्रगति प्रतिवेदन २०७८–७९ मा उल्लेख गरिएको छ ।

त्यसैगरी एनओसी खुला गरिएपछिको आव २०७७–७८ मा कुल २७ हजार ९ सय ७८ ले एनओसी लिएको शाखाको तथ्यांकमा उल्लेख छ ।  सरकारले कोरोना महामारीका कारण आव २०७६–७७ को फागुनदेखि एनओसी दिन बन्द गर्यो । उक्त अवधिमा पनि ३४ हजारहजार ९४ ले एनओसी लिएका थिए । आर्थिक वर्ष २०७५–७६ मा ५३ हजार २ सय ५९ जनाले, २०७४–७५ मा ५८ हजार ७५८ जनाले, आव २०७३–७४ मा ५० हजार ६५९ जनाले, आर्थिक वर्ष २०७२–७३ मा ३२ हजार ४८९ जनाले छात्रछात्राले विदेशी विश्वविद्यालयमा अध्ययनका लागि नो अब्जेक्सन लेटर (एनओसी) लिएका थिए ।

एनओसी शाखा प्रमुख वासुदेव वस्तीका अनुसार नेपालमा उच्च शिक्षा हासिल गरेर अवसर पाउन नसक्नु नै विद्यार्थी विदेसिनुको मुख्य कारण हो।

A Levels MA