After SEE Portal

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको विद्यालयलाई ल्यापटप वितरण

Bridge Course

म्याग्दी, २४ जेठ (रासस): म्याग्दीको रघुगङ्गा गाउँपालिकाका पाँच वटा विद्यालयलाई बिहीबार ल्यापटप उपलब्ध गराइएको छ ।

सामुदायिक विद्यालयमा आधुनिक सूचना प्रविधिको पहुँच वृद्धि गरी प्रशासनिक र शिक्षण विधिमा सुधार गर्न सहयोग पु¥याउने उद्देश्यले १५ थान ल्यापटप वितरण गरिएको हो ।

दक्षिण कोरियाको अम हङ गिल हुमन फाउण्डेशनले महादेव मावि बेगलाई चार, अमर मावि चिमखोलालाई तीन, मुक्तिधाम मावि भगवतीलाई चार, ज्ञानोदय मावि मौवाफाँटलाई दुई र रघुगङ्गा मावि पिप्लेलाई दुई थान ल्यापटप उपलब्ध गराएको हो ।

भगवतीको मुक्तिधाम माविमा आयोजित समारोहमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरुलाई ल्यापटप वितरण गर्नुभएको थियो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित सामुदायिक विद्यालयको लागि ल्यापटप हस्तान्तरण गर्दै । दक्षिण कोरियाको अम हङ गिल हुमन फाउण्डेशनले विद्यालयलाई १५ थान ल्यापटप सहयोग गरेको छ । तस्वीर कमल खत्री , म्याग्दी

बेनीको प्रकाश माविलाई चार र म्याग्दी सामुदायिक पुस्तकालयलाई एक थान ल्यापटप उपलब्ध गराइने मन्त्री थापाका स्वकीय अधिकृत हस्तकुमार थापाले जानकारी दिनुभयो । 

यसैगरी मन्त्री थापाले बिहीबार नै भगवतीमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै सामाजिक रुपान्तरणका लागि महिलाको आर्थिक सशक्तीकरणमा सरकारले जोड दिएको बताउनुभयो ।

“महिला आयआर्जनको माध्यमबाट आर्थिक रुपमा सक्षम बन्न आवश्यक छ,” थापाले भन्नुभयो, “त्यसका लागि सरकारले पिछडिएका महिलाहरुको आयआर्जन सुधारमा जोड दिएर बजेट, नीति तथा कार्यक्रम ल्याएको छ ।”

भौगोलिक रुपमा दुर्गम, विकट र पिछडिएका क्षेत्रका विपन्न समुदायका गर्भवतीहरुलाई सुरक्षित प्रसूति सेवाका लागि हेलिकप्टरबाट उद्धारको व्यवस्थासमेत मिलाएको उहाँले जानकारी दिनुभयो । 

A Levels MA