After SEE Portal

कुश्मा नगरपालिकाले १३ जनालाई कक्षा ११–१२ पढाउने

Bridge Course

पर्वतको कुश्मा नगरपालिकाले  माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई  ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’अन्तर्गत  कक्षा ११–१२  अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

नगरभित्रका उत्कृष्ट १३ विद्यार्थीलाई छात्रवृत्तिस्वरूप करिब रु चार लाख वितरण गरेको छ ।

पालिकाको आर्थिक वर्ष २०७९–८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश  उक्त कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति  प्रदान गरेको हो ।

विसं २०७८ को एसईई परीक्षामा सामुदायिक विद्यालयबाट तीन दशमलव ६५ वा सोभन्दा माथिको जीपीए प्राप्त गरेका विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताए ।

विद्यार्थीलाई प्रोत्साहन तथा कक्षा १२ सम्म अध्ययन अध्यापनमा सहयोग पुर्याउनका लागि मासिक रु दुई हजार पाँच सयका दरले एक वर्षको  खर्च पालिकाले प्रदान गरेको  उनले जानकारी दिए ।

 पालिकाले प्रतिविद्यार्थी रु ३० हजारका दरले कुल रु तीन लाख ९० हजार निकासा  गरेको छ ।

कुश्मा नगरपालिकामा रहेका १८ माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएको हुनुपर्ने शर्त राखिएको छ। सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गइरहेकाले विद्यार्थी सङ्ख्या बढाउन कुश्मा नगरपालिकाका सामुदायिक विद्यालयबाट एसईईमा उक्त जीपीए ल्याएका विद्यार्थीलाई मात्रै सुविधा दिइएको हो ।

“सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई सहयोग पुगोस्, उसको अध्ययनमा थप प्रेरणा मिलोस् भनेर यो कार्यक्रम स्वीकृत गरिएकाले सोहीअनुसार कार्यान्वयन गरेका हौँ । यसले सामुदायिक विद्यालयमा अध्ययन गर्नका लागि पनि विद्यार्थीलाई प्रेरणा दिने छ”, अधिकृत गुरुङले भने, “वर्षमा रु ३० हजार आउनु पनि विद्यार्थीका लागि राम्रो हो । कुश्मा नगरपालिकाका १८ माविबाहेक अन्यत्रबाट उत्तीर्ण भएकाको हकमा यो कार्यक्रम लागू भएको छैन । रकम थोरै भए पनि उनीहरूको थप अध्ययनमा यसले सघाउ पुग्ने छ ।”

नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको नगरप्रमुख रामचन्द्र जोशीले बताए ।

सामुदायिक विद्यालयबाट एसईई परीक्षामा समावेश हुने कतिपय विद्यार्थी गरिब तथा विपन्न अवस्थाका हुने भएकाले सामुदायिक विद्यालयका लागिमात्रै कार्यक्रम लागू गरिएको उनको भनाइ छ । 

यो ात्रवृत्ति एसईई पास भएर कक्षा १२ को पूरा हुन्जेलसम्म तथा कक्षा ११ बाट उत्तीर्ण हुन नसके छात्रवृत्ति भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको पनि नगरप्रमुख जोशीले बताए । नगरपालिकाको शिक्षा शाखा प्रमुख विष्णुप्रसाद तिवारीका अनुसार छात्रवृत्ति प्राप्त गर्ने १३ मध्ये ११ जना सदरमुकाम कुश्माबजारमा रहेको नमूना विद्यालय नारायण माध्यमिक विद्यालयका अभिषेक लामिछाने, आविष्कार पौडेल, सौगात लामिछाने, मुन्दीप भुसाल, केबलकिशोर बाँस्तोला, सागरप्रसाद शर्मा, मानव पोखरेल, प्राची श्रेष्ठ, प्रशन्न श्रेष्ठ, निशा आचार्य र आशिष आचार्य हुन् ।

यस्तै हिमालय माध्यमिक विद्यालयका रविन सुनाम र शिवालय माध्यमिक विद्यालय कुश्माका सुप्रिम पौडेलले पनि छात्रवृत्ति पाएका छन् ।

A Levels MA
Thuprai - Books and E-books