After SEE Portal

केयुले अवैधानिक तरिकाले बिएण्डसी मेडिकल कलेजलाई सम्बधन्न दियोः डा. केसी

Bridge Course

झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजलाई सम्बधन्न दिने काठमाडौं विश्वविद्यालयको कदम अवैधानिक भएको वरिष्ठ चिकित्सक डा गोविन्द केसीले आरोप लगाएका छन् ।

डा. केसीले हिजो एक विज्ञप्ति जारी गरी विश्वविद्यालयका उपकुलपति भोला थापा लगायतका पदाधिकारीहरूले पदीय दुरूपयोग र भ्रष्टाचारमा चुर्लुम्म डुबेको प्रमाणित भएको उल्लेख गरेका छन् ।

डा. केसीले निकालेको विज्ञप्तिमा चिकित्सा शिक्षा ऐन विपरीत कदम चालिएको उल्लेख गरेका छन् । सिंगो देश कोभिडको संक्रमणबबाट गुज्रिरहेको समयमा निरीक्षणको फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई निर्णय गर्ने केयुका उपकुलपति भोला थापा लगायतका पदाधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्काल भ्रष्टाचारको मुद्दा चलाएर पदमुक्त गर्नुपर्ने माग गरेका छन् ।

केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ऐनका प्रावधानहरू नै कुल्चेर चिकित्सा शिक्षा आयोगलाई बाइपास गर्दै केयुले अवैध रूपमा सम्बन्धन दिने प्रयास गर्नु निन्दनीय रहेको छ ।’1121

गत फागुन १२ गते बसेको केयूको सिनेट बैठकमा ठाडै हस्तक्षेपगरी विश्वविद्यालयका सहकुलपति तथा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले उक्त अस्पताललाई सम्बन्धन दिने निर्णय गराएका थिए ।

केयुको सिनेटबाट सो अस्पताललाई सम्बन्धन दिलाउन प्रधानमन्त्ती केपी शर्मा ओली र शिक्षा मन्त्री नै लागि परेका हुँदा केयुका पदाधिकारीले स सो निर्णयको विरोध गर्दै आएका छन् ।

 केयूको सिनेट बैठकमा स्कुल अफ मेडिकलका डिन डा. राजेन्द्र कोजुले भने सम्बन्धन सम्बन्धी विषय आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै सम्बन्धन दिन नहुने धारणा राखेका थिए । बैठकको निर्णय पत्रमा डा कोजुको फरक मत रहँदा रहँदै केयुका सहकुलपति समेत रहेका शिक्षामन्त्रीको निर्देशन अनुसार सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय भएको थियो।

बिएण्डसीलाई सम्बन्धन दिने निर्णय गरिसकेको भन्दै काठमाडौं विश्वविद्यालयले कार्यान्वयनका लागि चिकित्सा शिक्षा आयोगमा यसअघिनै पत्राचार गरिसकेको छ ।

A Levels MA
Thuprai - Books and E-books