शिक्षामन्त्रीमा कृष्णगोपाल

कृष्णगोपाल श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघि उनी सहरी विकासमन्त्री थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्मा हेरफेर गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पदबाट राजीनामा गरेका थिए । 

तीन वर्षअघि भएको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ९ बाट उनी विजयी भएका थिए । नेकपाको उपत्यका इन्चार्जका रुपमा जिम्मेवारी वहन गर्दै आएका पनि छन् ।

नयाँ बनाइएका अन्य मन्त्रीहरुमा टोपबहादुर रायमाझी उर्जा, मणि थापा खानेपानी, प्रभु साह सहरी विकास, प्रेम आले वन, गणेश ठगुन्ना सामान्य प्रशासन, गौरीशङ्कर चौधरी श्रम, दावा लामा, युवा तथा खेलकुद, जुलीकुमारी महतो महिला, बालबालिका, भानुभक्त ढकाल पर्यटन, हृदयेश त्रिपाठी स्वास्थ्य, लीलानाथ श्रेष्ठ कानुन, शिवमाया तुम्बाहाङ्फे भूमिसुधार, पद्मा अर्याल कृषिमन्त्री बनाइएका छन् । विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal