CMAT

काठमाडौं मोडेल कलेज (केएमसी) उत्कृष्ट कलेजका रूपमा सम्मानित

Bachelors Portal

विगत २० वर्षदेखि निरन्तर उत्कृष्ट नतिजाका साथ नेपालको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आइरहेको काठमाडौं मोडेल कलेज, बागबजार नेपालभरका निजी कलेजहरूमध्येबाट सर्वोत्कृष्ट कलेजका रूपमा सम्मानित भएको छ ।

नेपाल सरकारको सिफारिसमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा आयोजित विशेष समारोहमा कलेजलाई सम्मान गरेका हुन् ।

काठमाडौं मोडेल कलेजले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षण सिकाइको प्रयोगात्मक प्रवद्र्धन गर्दै आइरहेको छ । यसैकारण विश्वविद्यालय अनुदान आयोगले वि.सं. २०७९ चैत्र १४ गते कलेजलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणित गरेको छ । यो प्रमाणीकरणसँगै केएमसीका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट विश्वविद्यालयहरूमा अध्ययन गर्न तथा छात्रवृत्तिका लागि विशेष अवसर पद्रान गर्दै आएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा हाल स्नातक र स्नातकोत्तर तहमा विभिन्न विषयहरूको पठनपाठन हुने गर्दछ । स्नातकोत्तर तहमा एमए अङ्ग्रेजी र एमबीएस व्यवस्थापनका विषयहरू सञ्चालित छन् । स्नातक तहतर्फ भने व्यवस्थापन सङ्कायअन्तर्गत बीबीए, बीबीएम र बीबीएस्का कक्षाहरूमा अध्यापन हुने गर्दछ । साथै मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत बीए मनोविज्ञान, बीए सामाजिक कार्य, बीए अङ्ग्रेजी विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

आइटीतर्फ बीसीए कम्प्युटर एप्लिकेशन विषयको समेत पढाइ हुने यस केएमसी कलेज धेरै विद्यार्थीहरूको पहिलो रोजाइमा पर्नुको कारण बारे कलेजका प्राचार्य सुरेन्द्र सुवेदीका अनुसार  शैक्षिक नीति तथा योजनाको प्रभावकारी कार्यान्वयन, पाठ्यक्रम सम्बद्ध तथा अन्य विशेष अतिरिक्त क्रियाकलापहरूको सञ्चालन, गुणस्तरीय शिक्षण–सिकाइ क्रियाकलाप, नवीनतम शैक्षिक अभ्यासका लागि अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य, निरन्तर सुधारात्मक मूल्याङ्कनको प्रयोगात्मक अभ्यास, प्राध्यापक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिमा जोड, विषयविज्ञ एवं अनुभवी प्राध्यापकहरूबाट गुणात्मक सिकाइ क्रियाकलाप, अनुसन्धान कार्यलाई प्राथमिकतामा राखी अनुसन्धान एकाइ गठन तथा सञ्चालन, अनुसन्धान प्रवद्र्धनका लागि विशेष शोधवृत्तिको व्यवस्था, सामुदायिक रूपान्तरणका लागि निरन्तर सामाजिक कार्यमा संलग्न, पर्याप्त पूर्वाधार र सिकाइ स्रोतहरूको उपलब्धता, विद्यार्थीको सर्वाङ्गीण विकासमा विशेष जोड, विद्यार्थीको क्षमता अभिवृद्धि तथा रोजगारीको प्रवद्र्धन, सञ्चार तथा प्रविधिको समुचित प्रयोग, सम्बद्ध निकायप्रति पूर्ण जवाफदेहिता, सुविधा सम्पन्न भौतिक पूर्वाधार, बौद्धिक तथा शारीरिक विकासका लागि रचनात्मक प्रतियोगिताहरू सञ्चालन, आफ्नै इनोभेसन सेन्टर, कर्पोरेट बैंकिङलगायतका विभिन्न संस्थासँगको सहकार्य, इन्क्युवेशन ल्याब, करियर प्लेसमेन्ट सेन्टर आदिको सञ्चालन लगायतका विशेषताहरू रहेको हुँदा सबैको पहिलो रोजाइमा परेको हो ।

गुणस्तरीय सिकाइ सम्बद्ध महत्त्वपूर्ण विषयहरूमा अन्तराष्ट्रिय मापदण्ड पूरा गरेका कलेजहरूलाई मात्र सम्बन्धित देशको विश्वविद्यालय अनुदान आयोगले गुणस्तर प्रमाणीकरण गर्ने गर्दछ । केएमसी बागबजारले पनि यिनै मापदण्डहरूलाई पूरा गरी विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त गर्न सफल भएको हो । निरन्तरको लगाबबाट आज नेपाल सरकारको सिफारिसमा नेपालभरकै उत्कृष्ट निजी कलेजका रूपमा सम्मानित हुन सफल भएको छ ।

उच्चशिक्षामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका देशभरका कलेजहरूमध्ये यस वर्ष तीन वटा कलेजहरू सम्मानित भएका हुन् । सम्मानित हुने कलेजहरूमा सरकारी आङ्गिक कलेजहरूमध्येबाट पुल्चोक इन्जिनियरिङ क्याम्पस, सामुदायिक कलेजहरूमध्येबाट लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल र निजी कलेजहरूमध्येबाट काठमाडौं मोडेल कलेज, बागबजार उत्कृष्ट कलेजका रूपमा सम्मानित भएका हुन् ।

 

Thuprai - Books and E-books
I Tech store