After SEE Portal

काठमाडौं विश्वविद्यालय सकसः २० दिनसम्म लगाइएको ताला अझै खोलेन

Bridge Course

अधिकारसम्पन्न बार्ता टोली गठनको माग 

काठमाडौं । काठमाडौं विश्वविद्यालयमा २० दिन देखि लागेको ताला अझै खोल्न सकेको छैन । विश्वविद्यालयका उपकूलपति र रजिस्ट्रार कार्यालयमा लगाएको ताला कहिले खोल्ने भन्ने अन्योल अझै कायम रहेको छ । 

विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारी संघसङगठनलाई मान्यता दिनुपर्ने, विश्वविद्यालयमा भएका अनियमितताको छानबिन लगायतका माग राखेर प्राध्यापकहरू आन्दोलनमा उत्रिएका हुन् । 

 उनीहरुले विश्वविद्यालय प्रशासन समाधानभन्दा आन्दोलन तुहाउने रणनीतिमा लागेको आरोप लगाएका छन् । उनीहरूले तालाबन्दी कायम राख्दै कालोपट्टी बाँधेर धर्ना दिने र उपकूलपतिको दोस्रो अफिस ग्लोबल इन्गेजमेन्टको कार्यालयमासमेत तालाबन्दी गरेका छन् ।

 विश्वविद्यालय प्रशासनले व्यवस्थापनका डिन प्रा.डा. विजय केसीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको थियो । तर, सो कमिटीले हालसम्म औपाचरिक रूपमा वार्ता गरेको छैन । 

प्राध्यापकहरूले अधिकारविहीन वार्ता टोलीसँग छलफल नगर्ने चेतावनी दिएका छन् । 

विश्वविद्यालय ऐनअनुसार सभा र कार्यकारिणीपरिषद्मा प्राध्यापक कर्मचारीको प्रतिनिधित्व र शिक्षक कर्मचारीको सहज, पारदर्शी, न्यायपूर्ण र आवधिक वृतिविकासका माग अगाडि सारेको प्राध्यापक संघका सभापति वेदमणि दाहालले बताए । 

आन्दोलनका कारण पठनपाठन, अनुसन्धान, परीक्षा लगायतका गतिविधि प्रभावित बनेको छ ।

A Levels MA
Thuprai - Books and E-books