After SEE Portal

जुम्लामा शिक्षकलाई दिइयो ‘बालमैत्री विद्यार्थी केन्द्रित शिक्षण तालिम’

Bridge Course

जुम्ला । बालमैत्री, विद्यार्थी केन्द्रित शिक्षण विधि लागु हुनुपर्छ भन्ने बहस तथा छलफल भने भइरहेका छन्, तर कार्यान्वयन हुन सकेको छैन् ।

 जुम्ला जिल्लामा एक सय ७० विद्यालय छन् । तीमध्ये आधारभूत तहका विद्यालयमात्रै ९२ वटा छन् । ईसिडिदेखि कक्षा पाँच सम्मको आधारभूत तहमा मात्रै छात्रछात्रा गरी उन्नाईस हजार दुई सय ८४ जना बालबालिका रहेका छन् । 

उनीहरूको सिकाइ उपलब्धी लक्ष्यअनुसार नहुनुमा शिक्षक दक्ष नहुनु नै रहेको धेरैको बुझाइ छ । शिक्षकलाई कसरी बालबालिका अगाडि प्रस्तुत हुने, राष्ट्रिय प्रारम्भिक पढाइ कार्यक्रम अनुसार प्रभावकारी शिक्षण विधिका छवटा तत्वलाई कार्यान्वयन कसरी गर्ने भन्नेबारे तालिम अपरिहार्य छ । 

जुन आवश्यकता परिपूर्ति जुम्लाको तातोपानी गाउँपालिकाले गरेको छ । धेरै पटक शिक्षकलाई तालिम नभएकोले बालमैत्री शिक्षण विधि गर्न सकेनौं भन्ने गुनासो आएपछि गाउँपालिकाले क्रियाकलापमा आधारित शिक्षण विधिबारे तिन दिने तालिम दिएको हो । 

बाल शिक्षक विशषज्ञ अर्जुुन भट्टलाई जुम्लामा ल्याएर तालिम दिइएको हो । उनले हालसम्म झण्डै ६० हजार शिक्षकहरूलाई बालमैत्री शिक्षण, विद्यार्थी केन्द्रित शिक्षण विधिका बारेमा सिकाएका छन् ।

 तातोपानी गाउँपालिकाभरी रहेका २८ वटा विद्यालयका करिब सयजना आधारभूत तहका शिक्षकलाई तालिम दिइएको हो । खेलबाटैै सिक्छन् विद्यार्थीले अनुशासन त्यसैले बालबालिकालाई चनाखो बनाउनका लागि पनि खेल अनिवार्य खेलाउनुपर्नेमा जोड दिए ।

 तीन दिनको अवधिमा झण्डै ५० खेल शिक्षकहरूलाई सिकाइएको छ । “सिकाइ वृद्धिसँगै बालबालिका विद्यालयको पहुँचमा पनि आउँछन् । कसैले विद्यालय जाउ भनेर कर गर्नुपर्दैन । त्यो वातावरण शिक्षकले बनाउनुपर्छ,” उनले भने । 

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले शिक्षकहरूको माग र बालबालिकाको पढाई स्तरलाई बुझेर प्रशिक्षक ल्याएको उल्लेख गरे । एक महिनापछि बालबालिकाको पढाई स्तर अनुगमन गरी पुनः बालमैत्री शिक्षण विधिका बारेमा तालिम सिकाइने समेत उनले बताए ।

A Levels MA