खुला चौरमा बसेर पढ्न बाध्य छन् जुम्लाका विद्यार्थी

 जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ गौरीगाउँस्थित नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थीहरू खुला चौरमै बसेर पढ्न बाध्य भएका हुन् ।

उनीहरू वर्षायामको चर्को घाममा चौरमै पढ्छन् । हिउँदे याममा कठयांग्रिदो जाडोमा समेत चौरमै बसेर पढिरहेका छन् । विद्यालयमा दुई कोठे तीनवटा भवन छन् । भएका भवनसमेत निकै जीर्ण र बस्न लायक छैनन् । विद्यार्थीहरूलाई बस्नका लागि कक्षा कोठा नभएर शैक्षिक सामग्रीको प्रयोग गरेर शिक्षण गर्न कठिनाइ भएको विद्यालयका प्राधानाध्यापक हरिबहादुर बुढाले बताए ।

विद्यालयमा काम लाग्ने भवन एकमात्र रहेको छ । सो भवनका दुइ कोठा छन् । एउटा कोठामा विद्यालयको कार्यालय छ । अर्कोमा बालविकास केन्द्रका विद्यार्थी पढिरहेका छन् ।

विद्यार्थीलाई बस्नको लागि कक्षाकोठा नभएर शैक्षिक सामग्रीको प्रयोग गरेर शिक्षण गर्न कठिनाइ भएको उन्ले बताए । उन्का अनुसार विद्यार्थीको गुणस्तर र सिकाइ उपलब्धिमा प्रत्यक्ष असर परेको छ । विद्यालयमा तीन देखि १२ वर्ष सम्मका विद्यार्थी आउने गरेका छन् ।

कक्षा ५ मा अध्ययनरत निराजन बुढाले भने, “बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुला चौरमा बस्छौँ ।”

विद्यालयको संरक्षणमा स्थानीय सरकारको ध्यान गएको छैन् । यहाँका अभिभावकको कुने चासो छैन । सबै टुलटुलु हेरेर बसेको विद्यालयका प्रध्ँन्ँधइँप्क् बुढाले गुनासो गरे ।

चैत महिनाको गर्मीले खुला चौरमा पढ्न निकै सास्ती भएको कक्षा ५ मा अध्ययनरत विद्यार्थी नीराजन बुढालेबताए । उनका अनुसार विद्यार्थीका लागि विद्यालयमा एउटा मात्र कोठा छ । जहाँ साना बालविकास केन्द्रका बालबालिका बस्छन् । ठूला कक्षाका विद्यार्थीलाई चौरमा पढ्न बाध्य भएका छौँ ।

बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला चौरमै पढाइ हुने गरेको ५ कक्षामा अध्ययनरत अर्का विद्यार्थी रमिला बुढाले बताइन् ।

विद्यार्थीलाई पर्याप्त कक्षकोठाको व्यवस्थापन गर्न स्थानीय सरकार, कर्णाली प्रदेश सरकारदेखि सामाजिक सङ्घसंस्थाको कसैको ध्यान नगएको विद्यार्थीहरुको भनाइ छ ।

विद्यालयको भौतिक संरचना निकै जीर्ण अवस्थामा रहेको छ । विद्यालयको पठनपाठन र भौतिक संरचनाको अवस्था हेर्दा निकै दयनीय देखिएको छ । यो अवस्थाले गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिँदैन । तत्काल विद्यार्थी बस्नको लागि एउटा कक्षँकोठा मर्मत गर्न सकिने बजेट प्रदान गरिएको कनकासुन्दरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायण न्यौपानेले बताए ।

विद्यालयको समस्या समाधानका लागि शिक्षा शाखा र गाउँपालिका लागि परेको शिक्षा शाखाले जनाएको छ । त्यहाँका ४० घरपरिवारका विद्यार्थीले यहाँ अध्ययन गर्छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बुढाले विद्यालयको अवस्था हेरेर कतिपय अभिभावकले विद्यार्थीलाई निजी विद्यालयमा पढ्न पठाउने गरेको बताए । उन्ले अधिकांश अभिभावकको चासो निजी विद्यालय तिर गएकोले सरकारी विद्यालय उपेक्षामा परेको गुनासो गरे ।

Thuprai - Books and E-books