After SEE Portal

पत्रकार राजकरण महतोले जन्मदिनमा छात्रवृत्ति कोष स्थापना

Bridge Course

बर्दिवास, ४ वैशाख (रासस) : तामझामसाथ भोजभतेर गरेर जन्मदिन मनाउने चलन झ्याङ्गिदै गएका बेला महोत्तरीका एक पत्रकारले भने आफू पढेको विद्यालयमा छात्रवृति कोष स्थापना गरेका छन् ।

जिल्लाको बर्दिवास नगरपालिका–१२ का पत्रकार राजकरण महतोले आफैँले माध्यमिक शिक्षा आर्जन गरेको बर्दिवास–१३ स्थित श्री जनता माध्यमिक विद्यालय डाँडाटोल बिजलपुरामा २७औँ जन्मदिनको अवसरमा छात्रवृति कोष स्थापना गर्नुभएको हो ।

राजकरण महतो छात्रवृति कोष नामले स्थापित कोषको बैंक खाता खोलेर आज रु ५१ हजार रकम जम्मा गरिएको विद्यालयले जनाएको छ । यसअघि हिजो वैशाख ३ गते २७आँैं जन्मदिनको अवसरमा आफैँ विद्यालय पुगेर पत्रकार महतोले कोष स्थापनाको घोषणा गर्दै रु ५१ हजार विद्यालयमा जम्मा गर्नुभएको प्रधानाध्यापक भरतप्रसाद यादवले बताउनुभयो ।

कोषको मुद्दती खातामा जम्मा गरिएको रकमको वार्षिक प्राप्त हुने ब्याजबाट विद्यालयका जेहेन्दार छात्रछात्रालाई पठनपाठनमा उत्साहित गराउन छात्रवृति प्रदान गरिने विद्यालय प्रशासन र पत्रकार महतोबीच लिखित सहमति भएको छ । आफूले जन्म दिनलाई रचनात्मक ढङ्गले मनाउन कोषको स्थापना गरेको पत्रकार महतोको भनाइ छ । पत्रकार महतो अन्नपूर्णपोष्ट राष्ट्रिय दैनिकमा कार्यरत हुनुहुन्छ ।

A Levels MA
Thuprai - Books and E-books