A Levels MA

इन्जिनियरीङ प्रवेश परीक्षाः सिट संख्याको तुलनामा विद्यार्थी संख्या वर्षेनी घट्दै

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइ.ओ.इ) अन्तर्गतका कलेजहरुमा सिट संख्या अनुसार विद्यार्थी भर्ना नभएको पाइएको छ । पछील्लो चार वर्षदेखि सिट संख्या अनुसार विद्यार्थी भर्ना नभएको देखिएको छ । 


केही वर्षअघि प्रवेश परीक्षामा आठ हजार विद्यार्थी भर्ना योग्य हुने गरेका थिए । गत वर्ष सो संख्या घटेर ६ हजार तीन सय पुगेको छ । ६ हजार तीन सय विद्यार्थी प्रवेश योग्य गराउँदा एक हजार दुइ सय सिट रिक्त रहन गयो । सो सीट रीक्त हुँदा एक सय २० जना विद्यार्थी निशुल्क पढ्नवाट बञ्चीत हुनु परेको देखिन्छ । 


      


एसोसियसन अफ इन्जिनियरिङ कलेज नेपाल (एकोन) ले इन्जिनीयरीङ अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई नेपालमा उपयुक्त वातावरण नभएको बताएको छ । नेपाली विद्यार्थीलाई विदेश पठाउने र कमिसन एजेन्टले कमाउने थलो बन्दै गएको भन्दै एकोनले आपत्ति जनाएको हो । 


एकोनले नेपाली विद्यार्थीलाई विदेश पठाउन विभिन्न किसिमका भ्रम छर्ने कार्यले संस्थागत मान्यता प्राप्त गरेको  जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘ नेपालको शैक्षिक जगतका हरेक क्षेत्रमा यो समस्या देखिएको  छ । र, यसबाट इन्जिनियरिङ क्षेत्र पनि अछुतो रहन सकेको छैन ।

 नेपालका इन्जिनियरिङ कलेजहरु खाली गराउन विद्यार्थीहरुलाई इन्जिनियरिङ पढ्न भारत र अन्य मुलुकका निम्न  श्रेणीका कलेजमा पु¥याउनेहरु आफ्नो उद्देश्य पूरा गर्न सफल भइरहेका छन् ।’ 


वर्षेनी दुई अर्ब पलायन 
योग्य विद्यार्थीले इन्जिनियरीङ पढ्न नपाउँदा वर्षेनी दुइ अर्व रुपैंया पलायन हुने गरेको छ । एकोनले त्रिविको इन्जिनियरिङ संकायमा विद्यार्थीहरुले भर्ना नपाएर वर्षेनी दुई अर्ब रुपैयाँ बाहिरिएको जनाएको छ । उसले यस विषयमा गम्भीर हुन सरकारलाई सचेत समेत गराएको छ । 


                     



५२ हजार इन्जिनीयर दर्तावाल 
नेपाल इन्जिनियर परिषद्का अनुसार अहिलेसम्म ५२ हजार वढी इन्जिनियरहरु दर्ता भएका छन् । बर्षेनी आठ हजार इन्जिनीयरहरु उत्पादन हुदैं आएको नेपाल इन्जिनीयर्स यसोसियसनले जनाएको छ ।


४८ कलेज, वर्षेनी पाँच हजार इन्जिनीयर उत्पादन 
अहिले देशभर ४८ इन्जिनीयर कलेज छन् । जसबाट वर्षेनी पाँच हजार इन्जिनीयरहरु उत्पादन भइरहेका छन् ।

                  

सवै विश्वविद्यालयमा करिव १३ हजार बढिले  प्रवेश परिक्षाको लागि फारम भर्ने गरेका छन् । जबकी त्रिभुवन विश्वविद्यालय अन्तरगत इन्जिनियरीङ अध्ययन संस्थानले लिएको बि.इ. र बि.आर्कको प्रवेश परीक्षामा  ६ हजार ९ सय ९९ परीक्षार्थी  उत्तिर्ण भएका थिए। यसरी हेर्दा विगतका वर्षहरु भन्दा सिट संख्या अनुसार विद्यार्थी उत्तिर्ण  नभएको देखिएको छ । 


किन घट्यो उत्तिर्ण संख्या ?
मुख्यतः शैक्षिक गुणस्तर खस्कीदैं गएकाले प्रवेश परिक्षा उत्तिर्ण दर घटेको इन्जिनीयरीङ सम्बद्ध व्यक्तिहरु बताउँछन् । उनीहरुका अनुसार कक्षा ११ र १२ को सिकाई कमजोरी र ग्रेडिङ प्रणालीले पनि उत्तिर्ण दर घटेको हो । 


नेपाल इन्जिनियर्स यसोसियसनका उपाध्यक्ष आशिष घिमीरेले सरकारले कलेजहरुको नियमन गर्न नसक्दा बिकृति बढेको बताए । उनले भने, ‘इन्जिनियरीङ अध्ययन अध्यापन हुने कलेजको संख्या बढ्दै गएका छन् । तर, सरकारले ती कलेजहरुको अनुगमन गर्न नसकेको देखिएको छ । ’ 


उनले भने, ‘कक्षा १२ उत्तिर्ण गरेपछि राम्रा बिद्यार्थीहरु बाहिर देश पढ्न जाने गरेका छन् ।  अर्को तर्फ अभिभाबकको पनि विद्यार्थीलाई बाहिर पठाउन पाए राम्रो हुनेथियो भन्ने प्रबृत्ति छ ।’


एकोनले त्रिविका कुलपति, शिक्षा मन्त्रालय, प्राध्यापक तथा विद्यार्थी संघ–संगठनहरु, त्रिवि सहकुलपति, विश्वविद्यालय अनुदान आयोग, अर्थ मन्त्रालय, राजनीतिक दललगायतलाई विशेष ध्यानाकर्षण गराएको छ । 


नेपाल इन्जिनियर्स यसोसियसनका अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्य सरकारले इन्जिनियरीङ शिक्षाको स्तरोन्नतीका लागि आवश्यक पहल गर्नुपर्ने बताउँछन् । उनले सरकारवाट कुनैपनि सहयोग नभएको बताए । 

त्यस्तै नेपाल ईन्जिनियरिङ यसोसियसनका उप-महासचिव कपिल आचार्य भन्छन् ‘सरकारले ईन्जिनियरिङ शिक्षामा आवश्क अनुगमन गर्न सकेको छैन । जसले गर्दा सोचेजस्तो परिणाम आउन सकिरहेको छैन ।’ ईन्जिनियरिङ कलेजहरु धेरै छन् नेपालमा वर्षेनि पाचँ हजार ईन्जिनियरहरु ले ईन्जिनियरको प्रमाणपत्र प्राप्त गर्छन्, तर रोजगारीको अबशर प्रशस्त नभएको बताए ।

के भन्छन् इन्जिनीयरीङ पढाउनेहरु ? 
काठमाडौँ इन्जिनियरीङ कलेजका प्रिन्सिपल धिरेन्द्रमान प्रधानले कलेजमा कोटा यथावत रहेको बताए । उनले भने, ‘विगतका बर्षहरुमा पनि तिन सय ८४  सिट संख्या थियो । अहिले पनि सोहि रहेको छ ।’ अहिलेको माग अनुसार सिट संख्या थप गर्नुपर्नेमा थप हुन नसक्दा विद्यार्थि र कलेजको लागि प्रत्यक्ष असर परेको छ । 


ललितपुर इन्जिनियरीङ कलेजका प्रिन्सिपल ललन कुमार तिवारीले सिट संख्या वृद्घि हुनुपर्ने बताए । उनि भन्छन्, ‘सिभिल इन्जिनियरीङ सञ्चालन गरेको नौ बर्ष पुग्दासम्म ४८ सिट संख्या रहेको  छ भने कम्प्यूटर इन्जिनियरीङ तिन बर्ष पुग्दा सम्म पनि ४८ छ ।’ 

Thuprai - Books and E-books