After SEE Portal

प्रयोगात्मकको अङ्क सक्कली कि नक्कली ?

Bridge Course

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यार्थीको आन्तरिक मूल्याङ्कन अर्थात् प्रयोगात्मक वापत प्रदान गरिएको अङ्क सक्कली वा नक्कली छुट्टयाउने विधि के रु यो निकै पेचिलो विषय बन्दै आएको छ । विद्यालयलाई ‘शिक्षकले खल्तीबाट सर्लक्कै नम्बर दिए’ भन्ने आरोप लाग्दै आएको छ । यसपटक पनि यो आरोप स्वीकार्न शिक्षक तयार छन् त  ? नतिजापछि यी विषय पक्कै सार्वजनिक हुने नै छ ।

लेटरग्रेडिङ निर्देशिकाले हरेक अर्थात् सात वटै विषयमा आन्तरिक मूल्याङ्कनको व्यवस्था गरेको छ । आन्तरिकका लागि तोकिएको २५ अङ्कको विभाजन पनि निर्देशिकाले गरेको छ । निर्देशिकाअनुसार सहभागिता र सक्रियताका लागि ३ अङ्क, प्रयोगात्मक, परियोजना तथा अन्य क्रियाकलापका लागि १६ अङ्क र त्रैमासिक परीक्षाका लागि ६ अङ्कको व्यवस्था गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कक्षा १० मा विद्यालयले कम्तीमा दुईपटक त्रैमासिक परीक्षा सञ्चालन गरेको हुनुपर्छ भन्दै थपे, “त्रैमासिक परीक्षाको एक सय अङ्कलाई छ अङ्कमा रुपान्तरण गर्नुपर्छ । विद्यार्थीले सबै विषयमा एक सय अङ्क ल्याउन सम्भव हुँदैन । त्यसैले त्रैमासिक परीक्षाका लागि छ अङ्कमा छ नै प्रदान गरिएको छ भने यो नक्कली काम हो भन्ने ठान्दा हुन्छ ।”

विगतमा लिखिततर्फ पाँच अङ्क पनि प्राप्त नगर्ने तर प्रयोगात्मकमा २५ मा २५ नै अङ्क प्राप्त गर्ने प्रवृत्ति रहँदै आएको थियो । यो प्रवृत्तिको अन्त्यका लागि बोर्डले वास्तविक मूल्याङ्कन गर्न निर्देशिकामा त्यस्तो व्यवस्था गरेको भए पनि पुरानै प्रवृत्ति दोहोरिएको हुनसक्ने पनिकाको पूर्वअनुमान छ ।

“आन्तरिक मूल्याङ्कनको अङ्क प्राप्त गरिसकेका छैनौँ । छिटै प्राप्त होला” उनले भने, “त्रैमासिकमा छ अङ्कमा छ नै ल्याउन सक्दैनन् भन्ने होइन तर कति वास्तविक छ भन्ने हो । यसपटकलाई त्यस्तै होला, अर्कोपटकबाट सुधारिँदै जाला ।”

उनले जथाभावी अङ्क प्रदान गर्ने विद्यालयका जिम्मेवार शिक्षकलाई कारवाहीको व्यवस्था कानुनमा नभए पनि इमानदारिता र नैतिकता प्रमुख कुरा भएको तथा शिक्षकले विद्यार्थीको सिकाइको वास्तविक मूल्याङ्कन गर्न सक्नुपर्छ भने ।

यस वर्षको एसइई यही बिहीबारबाट सुरु हुँदैछ । त्यसका लागि पाँच लाख चार हजार ४१४ परीक्षार्थीले रजिष्ट्रेसन फाराम भरे पनि चार लाख ७५ हजार १३४ जनाले मात्र प्रवेशपत्र बुझेर लिएको पनिकाले जनाएको छ । गत वर्षभन्दा करिब १० हजार विद्यार्थी घटेका छन् । छात्राको सङ्ख्या छात्रभन्दा करिब तीन हजार कम छ ।

A Levels MA
Thuprai - Books and E-books