After SEE Portal

चालु शैक्षिक सत्र आगामी चैतमा सक्न सम्भव छ ?

Bridge Course

चाडपर्व सकिए लगत्तै विद्यालयहरु धमाधम खुल्ने सुरसारमा छन् । चालु शैक्षिक सत्रमा अब बल्ल पहिलो पटक भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने तयारीमा पनि छन् कतिपय विद्यालयहरु । अहिलेसम्म जेनतेन पठनपाठन अगाडि बढेको छ । पहुँचका कारण नेपाली विद्यार्थीका लागि अनलाइन विधि प्रत्यक्ष जस्तो उपयुक्त हुँदै होइन । त्यसैले भौतिक उपस्थितिमा अब कक्षा सञ्चालन हुनुपर्छ भन्ने नै हो । 

यतिञ्जेल विद्यार्थीको सिकाइ सन्तोषजनक स्थितिमा छैन । आगामी चैत मसान्तभित्र चालु शैक्षिक सत्रलाई सक्ने र आगामी वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने भनी नीतिगत निर्णय भएको थियो । तसर्थ अब मुस्किलले पाँच महिना हामीसँग बाँकी छ । यी बाँकी रहेका दिनमा सिकाइलाई सुनिश्चित गर्दै कोर्स पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व छ ।

यस स्थितिमा आगामी चैत मसान्तभित्र चालु शैक्षिक सत्र सकिएला त ? कोर्स पूरा हुनसक्ला त ? वा कोर्स पूरा नगरेरै भए पनि शैक्षिक सत्र सक्नु उपयुक्त हुन्छ ? वा शैक्षिक सत्रलाई वैशाखसम्म तन्काउनुपर्ने हुन्छ ? यी लगायतका थुप्रै अनुत्तरित र वहसमा आउनुपर्ने प्रश्न छन् । 

आज हामी यसै प्रश्नको वरिपरि रहेर अभिमतको अपेक्षा गरेका छौँ । यहाँले दिनुभएका सुझाव सरोकारवालाका लागि महत्वपूर्ण हुनेछ । तसर्थ सुझावको अपेक्षा गरेका छौँ । 

A Levels MA
Thuprai - Books and E-books