After SEE Portal

आईओईले वृद्धि गरेको शुल्क फिर्ता लिन त्रिविले निर्देशन दिने, विद्यार्थीको आमरण अनसन फिर्ता

Bridge Course

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान (आईओई) ले वृद्धि गरेको  शुल्क फिर्ता लिन निर्देशन दिने निर्णय सहित विद्यार्थीको आमरण अनसन फिर्ता लिएका छन्।

त्रिवि पदाधिकारी र पाँच विद्यार्थी संगठनको छलफलमा आजैको मितिमा विद्यार्थी प्रतिनिधि सहित गठन हुने समितिबाट सात दिन भित्रमा प्रतिवेदन पेश गर्ने र प्राप्त राय सुझावको आधारमा कायम गरिने शुल्कलाई लागू गर्न सबै पक्ष सहमत हुने निर्णय गरेको छ ।

 उक्त शुल्क लागू गर्न सहमत भइसकेको अवस्थामा हाल स्थगित गरिएका प्रवेश परीक्षा लगायत सबै कार्यक्रम सुचारु गरिने निर्णय गरिएको छ । सो बैठकमा  आईओई अन्तर्गतका अन्य परीक्षा यथावत् सञ्चालनमा कुनै किसिमको बाधा अवरोध नगर्ने सहमति गरिएको छ।

समाजवादी मोर्चा निकट विद्यार्थी सङ्गठनहरूले  भदौ १० गतेदेखि आमरण अनसन सुरु गरेका थिए ।

सत्तारुढ दल कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्तर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविकरूपमा शुल्क बढाइएको भन्दै विरोध गरेको थियो ।

बुधबार नेविसंघले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धि विरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईंको जीवन रक्षाका लागि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि हिजो होम हालेर सांकेतिक विरोध जनाएको थियो ।

आईओईको भदौ २५ गतेको निर्णयअनुसार बीई, बीआर्क तहको शुल्क बढाएर ७ लाख ७५ हजार  ७२० तोकेको छ । सो तहको अध्ययनका लागि विदेशी विद्यार्थीले भने विभिन्न शीर्षकमा १५ लाख ९९ हजार ७२० रुपियाँ तिर्नु पर्ने छ । सोही तहमा अघिल्लो वर्षसम्म विदेशी विद्यार्थीले ९ लाख ६३ हजार २६० रुपियाँ शुल्क तिर्दै आएका थिए । हाल उक्त तहमा नेपाली विद्यार्थीले तीन लाख १८ हजार ८८० रुपियाँ  शुल्क तिर्दै आएका थिए । 

A Levels MA
Thuprai - Books and E-books