After SEE Portal

आईओईले बीई–बीआर्कको शुल्क वृृद्धि गर्‍यो

Bridge Course

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले विभिन्न कार्यक्रमको  शुल्क  वृद्धि गरेको छ । चालु शैक्षिक वर्षदेखि लागू हुने गरी शुल्क समायोजन गरेको हो ।

आईओईको भदौ २५ गतेको निर्णयअनुसार बीई, बीआर्क तहको शुल्क बढाएर ७ लाख ७५ हजार  ७२० तोकेको छ । सो तहको अध्ययनका लागि विदेशी विद्यार्थीले भने विभिन्न शीर्षकमा १५ लाख ९९ हजार ७२० रुपियाँ तिर्नु पर्ने छ । सोही तहमा अघिल्लो वर्षसम्म विदेशी विद्यार्थीले ९ लाख ६३ हजार २६० रुपियाँ शुल्क तिर्दै आएका थिए ।

हाल उक्त तहमा नेपाली विद्यार्थीले तीन लाख १८ हजार ८८० रुपियाँ  शुल्क तिर्दै आएका थिए । हाल लिइरहेको शुल्क २०५३ सालमा तोकिनुका साथै प्रत्येक वर्ष १० प्रतिशतका दरले शुल्क वृद्धि गर्ने निर्णय भएको आईओईले जानकारी दियो ।

त्रिविले आईओईलाई सहयोग नगर्ने र हालको शुल्कबाट क्याम्पस चलाउनै नसकिने अवस्था आएपछि बाध्य भएर शुल्क वृद्धि गरेको डिन कार्यालयले जानकारी दियो ।

वृद्धि भएको शुल्क
हालको शुल्क

 

A Levels MA
Thuprai - Books and E-books