After SEE Portal

जागिर खान अवैध शैक्षिक प्रमाणपत्र

Bridge Course

जाली प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेका एक शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

सेवा प्रवेशका समयमा भारतको बाराणसी अन्तर्गतको ड्रमण्ड इन्टर कलेज पिलिमित भारतबाट ल्याएको प्रमाण पत्र जाली भएका कारण अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारको अनुसन्धानका क्रममा कन्चपुरको सरस्वती माध्यमिक विद्यालय छोटी पर्सियामा कार्यरत शिक्षक इन्द्रसिंह थापाको प्रमाण प्रत्र नक्कली भएको प्रमाणित भएकाले मुद्दा दायर गरेको अख्तियारले जानकारी दियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको सजाय हुन मागदाबी गरी मुद्दा दायर गरेको हो ।

A Levels MA
Thuprai - Books and E-books