After SEE Portal

चैत २७ देखि अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै

Bridge Course

आगामी चैत २७ देखि २९ सम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । अनलाइन जूम माध्यमबाट इन्टरनेसनल कन्फेरेन्स अन एनालाइसिस एन्ड इट्स एप्लिकेसन्श– २०२१ नामक अन्तर्राष्ट्रिय गणित सम्मेलन आयोजना गर्न लागिएको हो ।

नेपाल गणित समाजको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय गणित सम्मेलन हुन लागेको समाजले जानकारी दियो ।

सम्मेलनमा शुद्ध एवम् प्रायोगिक गणित अन्तर्गतका २३ विधाहरु समेटिएका छन् । हालसम्म इटली, मोरक्को, बंगलादेश, भारत लगायत करीब २० देशहरुबाट गणितज्ञ तथा शोधार्थीहरुले आफ्ना शोधकार्य प्रस्तुतीकरण गर्नका लागि आवेदन दिएका छन् । सम्मेलनमा नेपाली गणितज्ञ तथा शोधकर्ताहरुलाई सहभागी गराउने लक्ष्य राखिएको छ ।

गणितीय विधाको अनुसन्धानमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको गणित समाजका सचिव डा. दीनेश पन्थीले जानकारी दिए ।

सम्मेलनबाट गणित विधामा विश्वव्यापीरुपमा भईरहेको अध्ययन अनुसन्धानका वारेमा नेपाली गणितज्ञ परिचित हुने र देश भित्र भइरहेका अध्ययन अनुसन्धानका बारेमा अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने सम्मेलनको उद्देश्य रहेको छ । सम्मेलनमा पाँच वटा ख्याति प्राप्त गणितज्ञका प्लेनरी कार्यपत्र प्रस्तुत गरीने तयारी छ ।

२५ वटा आमन्त्रित कार्यपत्र पेश हुनेछन् । स्वदेश तथा विदेश गरी करीव एक सय २० वटा अनुसन्धानात्मक कार्यपत्र पेश गरिने बताइएको छ ।

सो सम्मेलनमा करीव २५० जना गणितज्ञको सहभागिता हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा गणित समाजका अध्यक्ष प्राडा चेतराज भट्टले सम्मेलनले गणित विधाको अनुसन्धानमा अग्रणी भूमिका निर्वाह गर्ने बताए ।

कोभिड १९ का कारण भौतिक रुपमा गर्न आयोजना गरिएको यो सम्मेलन यसअघी स्थगित भएको थियो ।

हालसम्म अन्तराष्ट्र्रिय व्यक्तित्वहरुलाई भौतिक रुपमा उपस्थित गराई सम्मेलन गर्न अनुकुल नभएका कारण अनलाइन मार्फत् आयोजना गरिएको आयोजक गणित समाजले बताएको छ ।

काठमाडौं विश्वविद्यालयका डिन एवम् सम्मेलन साइन्टिफीक कमिटीका अध्यक्ष प्राडा कन्हैया झा, त्रिभुव विश्वविद्यालय स्कुल अफ म्याथमेटिकल साइन्सका कार्यकारी निर्देशक प्राडानारायण प्रसाद पहारी, गणित समाजका कोषाध्यक्ष अजयकुमार चौधरी, गणित समाजका केन्द्रिय सदस्य हरीप्रपन्न कँडेललगायतले गणित सम्मेलनबारे सो पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

A Levels MA
Thuprai - Books and E-books