शुभतारा थ्री एन्जल्स स्कूललाई अन्तर्राष्ट्रिय अवार्ड

उद्धार रोकथाम र पुनःस्थापनाका माध्यमबाट मानव बेचबिखनविरुद्ध कार्यरत थ्री एञ्जल्स नेपालद्वारा पोखरामा सञ्चालित शुभतारा थ्री एञ्जल्स मिसन स्कूलले अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

विश्वका १५३ देशका विद्यालयसँग प्रतिस्पर्धा गर्दै सो विद्यालयले ब्रिटिस काउसिलद्वारा प्रदान गरिने इन्टरनेशनल स्कुल अवार्ड जित्न सफल भएको हो । संस्थाद्वारा आज आयोजित एक कार्यक्रममा पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेल, थ्री एञ्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतम, संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी डा राजेन्द्र गौतमले विद्यालयका प्राचार्य रमेश पाण्डेलाई अवार्ड तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal