शिक्षकहरूको काज सरुवा नगर्न अन्तरिम आदेश

उच्च अदालत जुम्लाले नियम विपरीत शिक्षकहरूको काज सरुवा नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश श्रीमणकुमार गौतमको इजलासले कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले गत वैशाख १५ गते गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी  गरेको हो ।

नगरपालिकाले मनोमानी गदै शिक्षकहरूको काज सरुवा गरेको थियो । सङ्घीय ऐन विपरीत कार्यविधि बनाएर आफू अनुकूल हुने गरी नगरपालिका भित्रका विभिन्न विद्यालयमा कार्यरत शिक्षकको काज सरुवा गरेर हाजिर हुन ताकेता गरेपछि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले निर्णय खारेजीको माग गदै उच्च अदालत जुम्लामा रिट दायर गरेको थियो ।

निवेदकको तर्फबाट आज अधिवक्ता पदमबहादुर शाही र राजबहादुर बोगटीले बहस गरेपछि न्यायाधीश श्रीमण कुमार गौतमको इजलासले आउँदा १२ गतेसम्म कारणसहित विपक्ष रास्कोट नगरपालिकालाई छलफलका लागि हाजिर हुन आदेश गरेको छ ।

रास्कोट नगरपालिकाले शिक्षा ऐनको पररच्छेद ४ मा को दफा २६ बमोजिम सरुवा गरेको दाबी गर्दै आएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal