After SEE Portal

१९ जिल्लाका प्रतिनिधि सहभागी गराएर बेरुजु फर्छयौट सम्बन्धी अन्तरक्रिया गरिने

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (आर्थिक प्रशासन शाखा) ले १९ ओटा शिक्षा विकास तथा समन्वय इकाईलाई सहभागी गराएर आगामी फागुन ७ गते बेरुजु फर्छयौट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई, मोरङमा आयोजना हुने सो कार्यक्रममा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, सोलुखुम्बु, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सिन्धुली (१९ जिल्ला) समेटेर उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो ।

केन्द्रबाट शिक्षा विकास तथा समन्वय इकाई वा अन्तर्गत रहेको फर्छयौट हुन बाँकी बेरुजु सम्बन्धमा छलफलरअन्तरक्रिया गरी सम्परीक्षण कार्यमा सहजीकरण गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको हो ।

प्रत्येक कार्यालयका इकाई प्रमुख (एक) र लेखा हेर्ने जिम्मेवारी पाएका ९एक० गरी जम्मा दुई जना कर्मचारीहरु सम्मिलित कार्यक्रम आयोजना गर्ने भएको हो ।

 कार्यालयको बेरुजु तथा फर्छयौटको हालसम्मको अवस्था, निर्माण र अन्यतर्फको छुट्टा छुट्टै बेरुजुको विवरण, बेरुजु भएका विद्यालयहरुको संख्या र रकम, सम्परीक्षणको लागि तयार भएको बेरुजु रकमको विवरण,बेरुजु फर्छयौट तथा सम्परीक्षण सम्बन्धी कठिनाईहरु सहित कार्यक्रममा सहभागी हुन निर्देशन दिएको छ।

A Levels MA