प्रिमियर अन्तर्राष्ट्रिय विद्यालयद्वारा भानुजयन्तीको अवसरमा अन्तर विद्यालयस्तरीय छन्द कवितावाचन प्रतियोगिता गर्ने भएको छ । कविता प्रतियोगिता यही असार २९ गते जुम मार्फत सञ्चालन हुने भएको हो ।
उक्त प्रतियोगितामा एक विद्यालयबाट दुइजनाले प्रतिस्पर्धा गर्न पाउने छन् । कक्षा १ देखि ५ सम्म १ जना र कक्षा ६ देखि कक्षा १० सम्म १ जना विद्यार्थीले उक्त प्रतियोगितामा सहभागी हुने पाउने विद्यालयले जानकारी दियो ।
प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीले भिडियो रेकर्ड गरी असार २४ गतेभित्र विद्यालयको ठेगानामा पठाइसक्नु पर्ने कार्यक्रम संयोजक राजेश घिमिरेले जानकारी दिए ।
नियमहरु
१. यस प्रतियोगितामा प्रत्येक स्कुलबाट कक्षा १ देखि ५ सम्म एकजना र कक्षा ६ देखि कक्षा १० सम्म १ जना गरी जम्मा २ जना विद्यार्थीहरु सहभागी हुन पाउनेछन् ।
२. प्रतियोगीले फारममा तोकिएको अनुसारको कविता वाचन गर्नुपर्ने छ ।
३. छन्दमा रचिएको कवितालाई मात्र स्थान दिइनेछ ।
४. निर्णायकको यो निर्णय नै अन्तिम निर्णय हुनेछ ।
५. यही असार २४ गतेभित्र प्रतियोगीको नाम र भिडियो पठाइसक्नुपर्ने छ ।
६. कार्यक्रम यहि असार २९ गते zoom मार्फत हुनेछ । कार्यक्रममा विजेताको घोषणा हुनेछ भने प्राप्त भिडियो पनि प्रस्तुत गरिनेछ ।
७. भिडियो nepali.t1@premier.edu.np मा इमेल गर्नुहोला ।
कार्यक्रम संयोजक
राजेश घिमिरे
९८४९१२०३१७
सम्पर्क शिक्षक
सुष्मा पौडेल(९८४३३६९१२१)