After SEE Portal

शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फारममा मूल्याङ्कन अवधि लेख्न निर्देशन

Bridge Course

शिक्षक सेवा आयोगले शैक्षिक सत्र २०७८ को शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फारममा मूल्याङ्कन अवधि लेख्न निर्देशन दिएको छ ।

शैक्षिक सत्र २०७८ को शिक्षकको कार्य सम्पादन मूल्याङकन फारममा मूल्याङकन अवधि उल्लेख गर्दा द्धिविधा भएकोले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३२ सँग सम्बन्धित शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फारामको मूल्याङ्कन अवधि..... देखि... सम्म भनिएको स्थानमा शैक्षिक सत्र २०७८ को कार्य सम्पादन मूल्याङ्कन भनि उल्लेख गर्न निर्देशन दिएको हो ।

आयोगले आज एक सूचना जारी गरी  सवै शिक्षा विकास निर्देशनालय, सवै शिक्षा विकास तथा समन्वय एकाइ  र सबै स्थानीय तहलाई शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) को नियम ३२ घ को उपनियम (७)  बमोजिम फारम भर्न सूचित गरेको थियो ।

शैक्षिक शत्र २०७८ को कार्यसम्पादन मूल्याङ्कन फाराम शिक्षक सेवा आयोग (एघारौ संशोधन) नियमावली, २०७८ बमोजिम हुने र कार्यसम्पादन मूल्याङ्कन सम्बन्धमा समेत सोही नियमावली बमोजिम हुने  सूचनामा  उल्लेख छ ।

सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक सत्र शुरु भएको ३० दिनभित्र कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित विद्यालयमा दर्ता गर्नुपर्ने नियमावलीले व्यवस्था गरेको छ । तर कोभिड १९ को संक्रमणका कारण विषम परिस्थिति उत्पन्न भै २०७८ माघ महिनाभर देशभरका सबै विद्यालयहरु भएका थिए ।

शैक्षिक सत्र २०७८ को चैत्र मसान्तसम्मको पुरै अवधि विद्यालयले नियमित रुपमा पठनपाठन सञ्चालन गर्ने, विद्यालयले लिने कक्षा १० सम्मका सबै प्रकारका परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्ने र नतिजा प्रकाशनको काम समेत वैशाख महिना भित्रै सक्ने मन्त्रालयले निर्देशन दियो ।  विद्यालयले शैक्षिक सत्र २०७९ को नयाँ विद्यार्थी भर्ना समेत वैशाख महिनामा नै सुरु गर्ने, २०७९ जेठ १ गतेदेखि नियमित पठनपाठन गर्ने र २०७९ चैत मसान्तभित्र राष्ट्रिय पाठ्यक्रम प्रारुपले निर्दिष्ट गरे वमोजिम पाठघण्टा अनुसारको पठनपाठन तथा सिकाइ क्रियाकलाप एवम् परीक्षा र मूल्याङ्कन कार्य सकिने गरी विद्यालयले स्थानीय तहसँगको समन्वयमा वार्षिक शैक्षिक कार्यतालिका तय गरी कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७८ फागुन ३  गते निर्देशन दिइसकेको हुँदा सोही बमोजिम फारम भर्न आयोगले निर्देशन दिएको हो ।

A Levels MA
Thuprai - Books and E-books