A Levels MA

शिक्षकलाई खोप दिन निर्देशन

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले , कोभिड विरुद्ध सञ्चालन गर्ने खोप अभियानमा विश्वविध्यालय, विध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरुलाई भेरोसेल खोप प्रदान गर्ने भएको छ ।

विभागले आज सूचना जारी गरी कोभिड(१९ रोगको रोकथाम र नियन्त्रणको लागि विभिन्न चरणमा खोप अभियान निरन्तर गर्न नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको आजको बैठकलृ उपलब्ध गराउने सूचना जारी गरेको हो ।

आज जारी गरिएको सूचनामा ५५ वर्ष र सो माथिका उमेर समूहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाकी सबै नागरिकहरु, ( विश्वविध्यालय, विध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, ( सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु, (नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु (खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरु खोप प्रदान गर्ने निर्देशन दिएको हो ।

जोन्सन एण्ड जोन्सनको  हकमा ५० वर्ष देखि १४ वर्ष उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा बोप लगाउन बाकी सबै नागरिकहरु, ( पूर्ण र अति अशक्त अपाता (वर्ग क र ख) भएका नागरिकहरु, (हाल नेपालमा बसोवास गरिरहेका शरणार्थीहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरु यस अघिको अभियानहरुमा खोप लगाउन छुट भएकालाई लगाउन निर्देशन दिएको छ ।

Thuprai - Books and E-books